निर्वाचनको मिति जतिखेर पनि घोषणा हुन सक्छ,पार्टीका सबै एक भएर बहुमत ल्याउन लाग्छौं–कांग्रेस नेताद्वय

२० असार, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र नैनसिंह महरले तत्कालै संघ र प्रदेशको निर्वाचन मिति घोषणा हुन सक्ने बताएका छन् । उनीहरुले ‘भने तत्काल सकेसम्म यही महिना भित्रमा नभए साउनको पहिलो हप्तामा निर्वाचन मिति घोषण हुन्छ ।’
सोमबार नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले आयोजना गरेको पत्रकार भेट्घाटमा बोल्दै केन्द्रिय सदस्यद्वयले मन्थलीमा यस्तो बताएका हुन् ।
पत्रकार भेटघाटमा बोल्दै कांग्रेसका प्रखर नेताको रुपमा परिचित खतिवडाले ‘चुनावनको मिति जतिबेला पनि घोषणा हुनसक्ने अवस्था छ । त्यसैले पार्टीका सबै एक भएर त्यसमा लाग्नुहोस् । गठबन्धन गरेर भए पनि एक्लै भएपनि चुनावमा जानु पर्नेछ । जसरी जाँदा पार्टीलाई फाइदा हुन्छ, त्यो गर्नु पर्नेछ ।’
खतिवडाले कांग्रेस केन्द्रमा गुट्मा सक्रिय देखिएको स्वीकार गर्दै अब गुट्लाई शून्यमा झारेर कांग्रेस एक भएर अगाडि बढ्नुको बिकल्प नरहेको दोहोर्याए । ६०÷४० को भागमा हैन अब कांग्रेस एक हुनुपर्छ । ६०÷४० को कुरा अन्त्य हुनुपर्छ ।’
त्यस्तै नेपाल विद्यार्थी संघ ९नेविसंघ० का पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य महरले पनि चुनावको मिति तत्काल घोषणा हुन सक्ने भन्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट एमालेलाई कम्जोर साबित गरिसकेको जिकिर गरे ।
उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा अगाडि बढ्ने भन्दै असार २७ गतेदेखि बस्ने केन्द्रियय समिति बैठकमा पार्टीको सबै तहको घनिभुत छलफल हुने जानकारी दिए । नेता महरले पार्टीका भातृ संगठनहरु नेतृत्व बिहिन बनिरहेको स्वीकार गर्दै अब बस्नेत बैठकले त्यसमा छलफल गर्ने आश्वशन दिए ।
उनीहरुले आउदो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरि लाग्न रामेछापका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
तत्कालिन परिस्थितिमा कांग्रेस सरकारमा जाने ईच्छा नरहेको उल्लेख गर्दै केपी ओलीले संविधान र देशनै दुर्घटनामा लैजान लागेकाले कांग्रेस त्यसको बाउच गर्न गएको दुवै नेताले उल्लेख गरे । उनीहरुले अहिलेको सरकारले संविधानको रक्षा गरेको दाबी गरे ।