शिवालय-बाम्ती-किञ्जा सडकः ठाडोखोलामा पुल भासिदाँ ठूलागाडी ठप्प, चरी-पत्करी सडकको व्यवस्थापनमा गर्न ब्यवस्था, हाइड्रोका कारण स्थानीय झनै पीडित

| असार २२, २०७९ बुधबार

बाम्तिभण्डार देउराली सडकमा यात्रा तर्फ लाग्दै सवारी, तस्विर रामेछाप टाइम्स ।
A A A
A A A

२२ असार, रामेछाप । रामेछाप हुदै सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय तह जोडिएको मुख्य सडकहरु ठाउँ–ठाउँमा पहिरो खस्दा र भासिदाँ ठूला गाडीको लागि अबरोध भएको छ । साना गाडीहरु छिट्फूट् रुपमा चलिरहेका छन् । यसले गर्दा रामेछाप र सोलुखुम्बुका स्थानीयहरु उपचारको लागि सहित काठमाडौं आउन–जान निकै सास्ति खेप्न बाध्या बनेका छन् । 

 

यात्रुहरु काठमाडौं जानकै लागि एक दिनको पैदल यात्रा गरेरै रामेछापको बाम्तिभण्डार देखि सवारी यात्रा गर्नु पर्ने अवस्था रहेको स्थानीयहरुले बताएका हुन् ।

 

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जा भन्ने ठाउँबाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल लगाएतका स्थानीय बासीहरुले पनि सवारी सेवा लिदै आएको सडक ठाउँ–ठाउँमा  भासिदाँ र लिखु नदीसहित अन्य साना खोलाहरु माथि बनेका पक्कि पुल, पुल, ग्राबेल समेत ‘क्र्याक’ भएर भासिएपछि यात्रुबहाक बस चल्न समस्या भएको हो । 

 

त्यसमा पनि निर्माणाधिन लिखु जलविधुत आयोजनाका ठूला मालबाहक गाडी ठूलो मात्रामा ‘लोड्’ बोकेर हिड्ने, बाटोमा फसेर बस्ने, ठूला ठूला खाल्डा–खुल्डी बनाउने गर्दा झन समस्या भएको स्थानीयहरु सुनाउछन् । 

 

छोटो बाटो पर्ने बाम्ती–देउराली–शिवालय–बेताली– खिम्ती सडक अन्तर्गतको शिवालय–देउराली–बाम्ती सडकमा मालबाहक गाडीले ठूलो समस्या निम्त्याएको हो । 

 

निरन्तरको वर्षा र ठूला मालबाहक गाडी गुड्दा समस्या भएको हो । धेरै जसो हाइड्रोका गाडीहरु बाटोमै फसेर बस्दा त्यो बाटो बस चल्नै छाडेको छ । ‘मालबाहक गाडीले बाटो बिगारेका हुन् । नत्र छोटो बाटो यो बस चल्न समस्या हुदैन थियो स्थानीयहरु भन्छन् ।’ 


हाइड्रोका ठूला गाडी हजारौं टन सामान बोकेर बाटो बिगार्दा पनि पालिका देखि वडा तहसम्म सम्बन्धित निकायहरु भने सबै चुपचाप छन् । बर्खालाई दोष दिन बाहेक स्थानीय जनप्रतिनिधिको अरु कुनै उपाए छैन् ।


यसरी मौसम र हाइड्रोको चपेटामा परेका स्थानीयहरु निजी गाडी बोलेरमा ३५ सय देखि ५ हजारसम्म गाडी भाडा तिरेर लामो दूरीको बाम्ती–लाप्चाने–भुजी हुदै यात्रा गर्न बाध्य भएका छन् । त्यो पनि सहज छैन् । 

 

निजी गाडी बोलेरोले आफन्ता, ईस्टामित्र लगाएत बोक्दै भ्याउदैनन् । जोखिम मोलेरै छिट्फूट् रुपमा पुग्ने टाटा सूमोले पनि भने जती यात्रु बोक्नै सक्दैनन् । कति पए नियमित स्वास्थ्य जाँचको लागि काठमाडौं जानु पर्नेहरु अहिले गाउँमै बस्नु पर्ने बाध्यतात छदैछ । अझ रोग बल्झिएर पीडित बन्नु पर्ने जोखिम छ ।

 

पछिल्लो समय विशेष गरी उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार र वडा नं १ गुम्देल जोड्ने ठाडो खोलाको पुल भासिएपछि झन समस्या भएको हो । पुल भासिएसंगै त्यहाँ अहिले बस जान ठप्पै भएको छ । किन्जाका प्रहरीका एक अधिकारीले रामेछाप टाइम्ससंग भने ‘ठाडो खोलाको पुल भासिएपछि बस आएको पनि छैन, गएको पनि छैन् । साना गाडी छिट्फूट आएको देखिन्छ । यात्रामा समस्या भएको छ ।’


यसरी नियमित चल्ने बस नचल्दा रामेछापको गुम्देल, सोलुखुम्बुको भाकान्जे, किञ्जा, छिरिङखर्क, गोली, ग्याप्चु, चौलाखर्क, पेके लगाएका स्थानीयहरु काठमाडौंको सिधा सम्पर्कबाट बञ्चित बन्नु परेको अवस्था छ । 

 

गुम्देल–बाम्ती जोड्ने चरी–पत्कारीको करिब १७ किलोमिटर मद्यमार्गी सडकको पालिकाले समयमै दीर्घकालिन समस्याको समाधान नखोज्दा पनि गुम्देलबासीले बर्षेनी सास्ति खेप्नु पर्ने बाध्य ता बनेको हो । पालिकासंग जोडिएको मद्यमार्गी सडककै अबस्था बेहाल भएपछि जनप्रतिनिधि पनि पालिका धाउन अहिले पैदल हिड्नु पर्ने अवस्थामा छन् । 

 


बजेट अपुगको नाममा साँघुरो बाटोको ट्याक् खोलिएपनि त्यसको समयमै उचित व्यवस्थापन नहुनु त्यहाँ जनप्रतिनिधि र सम्बन्धित निकायको कम्जोरी हो ।