सुनापतिको बेथानबाट काठमाडौं जाँदै गरेको बस लुभुघाटमा दुर्घटना ग्रस्त, हताहाती भएको भनाई

| असार २१, २०७९ मंगलबार

A A A
A A A

२१ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाबाट काठमाडौं हिडेको यात्र बहाक बस दर्घटनामा परेको छ । 

 

पालिकाको वडा नं १ बेथानबाट हिडेको बस खाँडादेवी गाउँपालिकाको लुभुघाटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका संचार शाखाले जनाएको छ । 

 

बा ३ ख ८३९६ नम्बरको अरनिको यात्रु बहाक बस दुर्घटनामा परेको हो । 

 

दुर्घटनाको सार्वजनिक तस्वरहरुमा बस निकै ठूलो दुर्घटनामा परेको देखिन्छ । 'बस दुर्घटनामा परेको छ । प्रहरीको टोली जाँदै । ठूलो हाताहाती भएको खबर आएको छ। थप जानकारी आउन बाँकि छ संचाल शाखाले रामेछाप टाइम्सलाई भन्यो ।'