लुभुघाट बस दुर्घटना अपडेटः १३ जनाको ज्यान गयो, २४ बढी घाइते

| असार २१, २०७९ मंगलबार

A A A
A A A

२१ असार, रामेछाप । आज भएको बस दुर्घटनामा १३ जना यात्रुको ज्यान गएको छ । 

 

सुनापति गाउँपालिका हिलेदेवीबाट काठमाडौं जाँदै गरेको अरनिको यात्रुबाहक बस खाँडादेवी गाउँपालिकाको लुभुघाटमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा ९ जनाको घटना स्थलमै ज्यान गएको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता बिष्टले रामेछाप टाइम्सलाई जानकारी दिइन् । घटना स्थलमा उद्दार गर्दै गरेको जानकारी दिदै उपाध्यक्ष बिष्टले ९ जनाको यहाँ निधन भएको छ । अन्य ४ जनाको बाटोमा उपचारको लागि लैजादै गर्दा ज्यान् गएको खबर आएको भनिन् । घाईते २५ जना भन्दा बढी भएको बताइएको छ ।

 

आज मंगलबार बिहान अन्दाजी १० ः १० बजेको समयमा सुनापती गाउँपालिका वडा नं ५ र खाँडादेवी गाउँपालिका वडा नं १ को सिमानामा रहेको मोडमा दुर्घटनामा परेको हो । दुर्घटना केकारणले भयो भन्ने खुलेको छैन् । 

 

हिलेदेवीबाट काठमाण्डौको तर्फ जांदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रु बाहक बस अचानक सडकबाट अन्दाजी ३०÷३५ मिटर तल खसेको छ । 


९ जनाको घटनास्थलमानै मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जसमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । उनीहरुको पहिचान खुल्नसकेको छैन् ।

 

त्यस्तै दुर्घटनमा ६ वटा खसिबोका पनि मरेका छन् ।  गम्भीर घाइते भएको मध्ये २४ जनालाई उपचारको लागी धुलिखेल अस्पताल लगिएको छ । 
 

दुर्घटना स्थलमा अहिले उद्दारको लागि कैलाश एअरको हेलिकप्टर काठमाण्डौबाट घटनास्थल तर्फ उडेको छ । 

 

त्यस्तै उद्दारको लागि सुनापति गाउंपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहितको टोली घटना स्थलमा आइसकेको छ । 


घाइतेको उद्दारका लागि त्यस क्षेत्रमा उपलब्ध सबै एम्बुलेन्स तथा सवारी साधनहरुको प्रयोग गरिएको बिष्टले जानकारी दिइन् । उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या एकिन हुन नसकेको उनले बताएकी छिन् । उद्दार जारी रहेकाले थप जानकारी आउने क्रममा छ ।