दुर्घटना अपडेट्ः ज्यान गुमाएका १३ मध्ये १२ जनाको परिचय खुल्यो, २० जनाको धुलिखेलमा उपचार जारी

| असार २१, २०७९ मंगलबार

A A A
A A A

२१ असार, रामेछाप । बस दुर्घटना ज्यान गएका १३ जना मध्ये १२ जनाको सनाखत भएको छ । जसमा ज्यान गुमाउनेमा  सुनापति गाउँपालिका वडा नं ५ का ६० वर्षीय ठूला तामाङ्, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीय बिपना तामाङ र ३६ वर्षीय संजु आलेमगर रहेका छन् । 

त्यस्तै वडा नं ४ कि २६ वर्षीय समरिता तामाङ् छिन्

 

उता कांभ्रे ४ रोशीका २५ वर्षीय कमल तामाङ्, पाँचखाल ८ काभ्रेका १८ वर्षीय सुदिप गजमेर, कांभ्रेकै वडा नं ९ मानदेन्डेपुरकी ६० वर्षीय सुभलक्ष्मि मानन्धर र ४० वर्षीय कुलबहादु बि.क पाँचखाल ८ काभ्रेका रहेका छन् । उनीहरु सबै दुर्घटना स्थलमै ज्यान गुमाएका हुन् ।

 

उता उपचारको क्रममा ज्यान गुमाएका ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ्, र नेमा तामाङ् रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन् । 


उपचारको लागि अस्पतालमा ज्यान गुमाएका एक जनाको परिचय खुलिनसकेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

गम्भीर घाइते भएका २० जनाको अहिले धुलिखेल अस्पतालमा उपचार जारी छ ।  बसमा कति यात्रु थिए भन्ने एकिन नभएपनि हालसम्म ३३ जना सवार भएको पुष्टि भएको डिएसपी थिङ्ले बताए ।

 

उनका अनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक कारण पत्ता लागेको छ ।  दुर्घटनामा परेका चालक घाइते रहेको र उनलाई प्रहरीले  नियन्तरणमा लिएको छ । 


सहचालक भागेर अन्तै पुगेपनि उपचार गराएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘ब्रेकफेल भएर दुर्घटना भएको भन्ने कुरा आयो । हामीले हेर्दा पनि घटना ब्रेक फेल भएको जस्तो देखिन्छ । ओरालोमा ब्रेक लागेको कतै देखिदैन उनले भने ।’ 

 

आज बिहान सुनापति गाउँपालिका वडा नं ५ हिलेदेवीबाट काठमाडौं तर्फ हिडेको बा ३ ख ८३९६ नम्बरको अरनिको यात्रु बहाक बस दुर्घटनामा परेको हो ।