रामपुरमा भएको स्वास्थ्य शिविरमा २२९ जनाले सेवा लिए

| असार २२, २०७९ बुधबार

A A A
A A A

२२ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा गरिएको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा दुई सय बढीले स्वास्थ्य सेवा लिएका छन् । 

 

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा रामपुर स्वास्थ्य चौकीमा भएको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा विशेष गरि महिलाको स्वास्थ्य समस्यालाई प्राथामिकता दिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । 

 

उनका अनुसार महिला पुरुष गरेर दुई सय २९ जनाले निःशूल्क सेवा लिएका हुन् । जसमा १६० महिला र ६९ पुरुष छन् । 

 

 

केही दिन अगाडि दोरम्बा शैलुङ्को वडा नं १ डडुवामा स्वास्थ्य शिविर गरेको स्वास्थ्य कार्यालय रामेछापले पछिल्लो पटक रामपुरमा गरेको हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै दुर्गम स्थानहरुमा स्वास्थ्य कार्यालयले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले गाउँ गाउँ पुग्न थालेको छ । 

 


जिल्ला अस्पताल रामेछापका विशेज्ञय चिकित्सकको टिम र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको संयुक्त टोलीले बिरामीहरुको उपचार, परिक्षण गरेका हुन् ।