सुनापति गाउँपालिकले बस दुर्घटनामा ज्यान गुमाएका प्रतिपरिवार ३० हजार दाहसंस्कार खर्च दिने

| असार २२, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२२ असार, रामेछाप । सुनापति गाउँपालिकाले बस दुर्घटनामा ज्यान् गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

 

आज बुधबार शोकसहितको पत्र जारी गर्दै बस दुर्घटनामा ज्यान गुमाएका प्रति परिवारलाई दाहसंस्कार बापत नगद ३० हजार रुपैयाँ तत्कालको लागि उपलब्ध गराउने भएको हो । साथै छिटो भन्दा छिटो मृतकको क्षतिपुर्ति उपलब्ध गराउन सम्बन्धित पक्षसंग पहल गर्ने पनि पालिकाले प्रतिबद्धता जनाएको छ । 

 

 

मंगलबार सुनपति गाउँपालिका वडा नं ३ खोट्पास्वाँराबाट काठमाण्डौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ८३९६ नम्बरको यात्रुबहाक बस ब्रेक फेल भएर दुर्घटना हुदाँ १३ जनाको ज्यान गएको थियो । 

 

३४ जना यात्रु सहितको बस पालिकाको वडा नं ५ खनियापानी (लुभुबजार नजिक) कै  दुर्घटना ग्रहस्त हुदाँ २४ जना गम्भीर घाइते भएका छन् । ९ जनाको घटनास्थलमै ज्यान् गएको थियो भने ४ जनाको उपचारको क्रममा ज्यान गएको थियो  । साथै ६ वटा खसिबोक पनि मरेका थिए । 

 

यसअगाडि पालिकाले दुर्घटना प्रति दुःख ब्यक्त गरेको थियो । साथै नेपाल कम्युनिष्ट् पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि बस दुर्घटना प्रति दुःख ब्यक्त गरेका छन् । उनले यो दुर्घटनाको समाचारले आफू दुखिद् बनेको बताएका छन् । 

 

यता माओवादी केन्द्र सुनापति गाउँपालिकाले पनि दुर्घटना भएको प्रति दुःख ब्यक्त गरेको छ । 

 

सुनापति गाउँपालिकाले ३० हजार दिने भनेको पत्र हेर्नुहोस् ।