बत्ति गएर हैरान भएपछि आक्रोशित मन्थलीका स्थानीयले प्राधिकरण पुगेर सोधेः बत्ति किन बारम्बार गएको ? (फोटोफिचर)

| असार २३, २०७९ बिहिबार

तस्विर नबीन के.सी/रामेछाप टाइम्स ।
A A A
A A A

२३ असार, रामेछाप । बारम्बार बिजुली गएर हैरान भएपछि जिल्ला सदरमुकाम मन्थलीका आम नागरिक, उपभोक्ताले बिधुत प्राधिकारण वितरण केन्द्र रामेछापको ध्यानाकर्षण गरेका छन् । 

 

बिहिबार आज बिहान प्राधिकरणको कार्यालय पुगेर स्थानीय उपभोक्ताहरुले बत्ति किन बरम्बार गएको हो भनेर सोधेका हुन् । उनीहरुले बत्तिजाँदा गर्मीको समस्या खेप्नु पर्ने बाध्यात्मक अवस्था सुनाउदै बालबालिकाको पठनपाठनमा समस्या भएको, सरकारी तथा निजी कार्यालयको काममा बाधा पुगेको सुनाएका थिए । 

 

बत्ति गएर हैरान भएका आक्रोशित मन्थलीका स्थानीयले प्राधिकरण पुगेर यसको समाधानको निम्ति प्राधिकरणलाई सुझाएका हुन् । बर्खा लागेसंगै बिजुली मन्थलीमा दिनमा ५० चोटी भन्दा बढी आउने जाने गरेको छ । 

 

स्थानीय नागरिक, सहकारी अभियान्ता, पत्रकारसहितको टिमले समस्याको समाधानको निम्ति प्राधिकरणलाई सुझाएका हुन् । प्राधिकरणले ढलकेवर र दोलखा हुदै आएको बिजुली आउने जाने हुदाँ समस्या भएको स्पष्टोक्ति दिएको छ ।

 

उसले समस्याको समाधानको लागि प्राधिकरण धमाधमक काम गरिरहेको भन्दै केही दिनमा समस्या हल हुने आश्वसन दिइएको छ । 

 

तस्विरहरु हेर्नुहोस्