खाँडादेवीमा सुमो दुर्घटनाः चालकलाई काठमाडौं लगियो

| असार २३, २०७९ बिहिबार

A A A
A A A

२३ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परि घाइते भएका सुमोका चालकलाई काठमाडौं पठाइएको छ । 

 


बिहिबार बिहान पालिकाको टिमु पाङचे भन्ने स्थानमा सुमो दुर्घटनामा परेको खाँडादेवी गाउँपालिकाले जनाएको छ । गाडीमा चालक बाहेक अरु यात्री नभएको बताइएको छ । चालकको नाम खुलाईएको छैन । खाँडादेवी प्रहरीले पनि दुर्घटना बारे पूर्ण जानकारी नभएको बतायो । 'दुर्घटना भएको हो । तर, पूर्ण जानकारी आएको छैन् एक प्रहरी अधिकारीले रामेछाप टाइम्ससंग भने ।'

 

सुमो चिप्लो सडकबाट करिब ३० मिटर तल रुखमा अड्किएको भिडिओमा देखिन्छ ।  

 

दुर्घटना स्थलमा पालिकाका अध्यक्षसहिको टोलीले पनि पुगेको देखिन्छ । दुर्घटनामा परेको सुमोको अगाडिको सिसा फूटेको छ । 

तस्विर स्रोत खाँडादेवी गाउँपालिका सचिवालय ।