उमाकुण्डमा सार्वजनिक बिजुली बत्तिको पोल निजी ‘कटेज’ बनाउन प्रयोग भएपछि......

आफूबाट अन्जानमा गल्ती भएको स्वीकार

| असार २४, २०७९ शुक्रबार

तस्विर स्रोतः मनिराज सुनुवारको फेस्बुक ।
A A A
A A A

२४ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा बत्तिको पोलको दूरुपयोग गरी ‘कटेज’ निर्माण गरिएको छ । लामो समयदेखि निर्माणको चरणमै रहेको ‘उज्यालो उमाकुण्ड’ कार्यक्रम अन्तर्गत गाउँपालिका र वल्ड विकास बैंक (एडिबी) को आर्थिक साझेदारीमा संचालित बिजुली बत्तिका पोलको प्रयोगबाट पालिकाको केन्द्र समेत रहेको वडा नं ४ प्रितीमा 'कटेज' (मोटरसाइकल वर्क सपको लागि) निर्माणको निम्ती प्रयोग भएको हो । त्यो पनि पालिकाको कार्यालय प्रवेश गर्ने गेट नजिकै । 


उज्यालो उमाकुण्ड कार्यक्रम कोरोना महामारी, स्थानीय तह निर्वाचन लगाएतका कारण देखाउदै सम्झौता सकिएको लामो समय भएपनि सम्पन्न हुन सकेको छैन । वर्खा लागेसंगै अहिले कतिपए ठाउँमा त, गाडेर राखेका बिजुलीका पोल पनि पहिरोले ढालेको छ । तर, तार टाङ्ने काम मात्रै बाँकि रहेको सम्बन्धित निकायको बारम्बारको भनाई आएपनि काम भने अलपत्र रहेको स्थानीयहरु बताउछन् । यसरी काम भनेकै समयमा नहुँदा पालिकाको वडा नं गुम्देलका स्थानीयहरु अध्यारोमै बस्न बाध्य छन् । 

 

काम अलपत्र भैरहेको अवस्थामा पालिकाकै अगाडि भने बत्तिको पोल स्थानीय ओलकबहादुर खुलालले बस्ने ‘कटेज’ बनाउन प्रयोग गरेका हुन् । घटना रामेछाप टाइम्सले बुझ्दा आफूले अन्जानमा उक्त काम गरेको खुलालले स्वीकार गरे । उनले भने मैले जानेर सार्वजनिक सम्पतीको दूरुपयोग गरेको हैन । मलाई त्यो थहा थिएर र मैले चोरेर, लुकेर गरेको पनि हैन एडिबीका मान्छेसंग समन्वयमै टहरो बनाउन प्रयोग गरेको हुँ । 

खुलालका अनुसार यस्तो थियो घटना...........................।
एडिबीले बनाई रहेको बत्तिको कामको लागि लगिएको पोल बढी भएर फिर्ता लिन केही दिन अगाडि एडिबीको गाडी त्यहाँ गएको थियो । र, सामानहरु खुलालसहित अन्य स्थानीयहरुको रोहबरमा गाडीमा लोड् भयो । त्यही बेला पहिरोमा पूरीएको अवस्थामा केही पोलहरु पनि निकालियो र ती पोलहरुको पूर्ण राम्रो नभएकाले बत्तिको लागि काम नलाग्ने अवस्थामा भेटिएपछि एडिबीको गाडीका चालककै अनुमतिमा ती पोलहरु खुलालले प्रयोग गरेका हुन् । मैले उहाँकै अनुमतिमा टहरो बनाउन प्रयोग गरे । त्यसपछि मलाई केही दिनमा वडा अध्यक्षज्यूले पनि किन प्रयोग गरेको भनेर सोध्नु भयो । मैले अन्जानमा गरेको हुँ । सामाजिक संजालमा आएपछि झन गल्तिगरेको अनुभूति भयो वर्खाको कारणमात्रै हो नत्र म हटाइहाल्थे खुलाले भने । उनले अन्जानमा भएको भन्दै कुनै पद, राजनीतिक पहुँचको दूरुपयोगको आडमा त्यो कार्य नभएको जिकिर गरे । 

 

यसैबीच रामेछाप टाइम्सले घटनाको बारेमा बुझ्दा सोही वडाका वडा अध्यक्ष निकट स्रोत भन्छ ‘वडालाई जानकारी छैन् । यो विषय गम्भीर विषय हो । हाम्रो ध्यानाकर्षण भएको छ । पोल टहरो बनाउन प्रयोग भएको हो ।’

 

राजनीतिक पहुँचको आधारमा कसैले केही गर्न सक्दैनन् भन्ने दम्बले पनि सबै चुपचाप बसेका हुन् । यो सार्वजनिक सम्पती बिना कसैको स्वीकृत भोगचलन गर्न पाईदैन । त्यो पनि यहाँ पावरको पहुँचले यस्तो गरिदैछ नाम नखुलाउने शर्तमा एक स्थानीय रामेछाप टाइम्संग भन्छन् ।


केन्द्रिय प्रसारण लाईनबाट जोडिने क्रममा रहेको उमाकुण्डमा सात वटै वडामा एकै पटकमा बत्ति बाल्ने पालिकाको योजना अनुसार केही समय लागेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउछन् । उनले बत्ति चाँडो भन्दा चाँडो बाल्नु पर्यो भनेर आफूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत भेटेको भन्दै अब चँडै बत्ति बल्ने आश्वसन दिए । उनले गत निर्वाचनको क्रममा आफूले चुनाव जितेको दुई महिनामा बत्ति बाल्ने जनतासमू बाचा गरेका थिए । 


उता एडिबीसंग सम्बन्धित पालिकाका कर्मचारी, निकायसंग सम्पर्क हुन सकेन ।