राप्रपा रामेछापले दियो प्रशासनमा धर्ना

| असार २४, २०७९ शुक्रबार

A A A
A A A

२४ असार,  रामेछाप । राष्ट्रिय प्रजातन्त्रत पार्टी राप्रपा रामेछापले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । 


आज शुक्रबार जिल्ला अध्यक्ष भरतसिं वाईबासहितको टोलीले जिल्ला प्रशासन कार्यालय अगाडि भ्रष्ट्रचार, महंगी बढेको, किसानले मल नपाएको लगाएतका बिरुद्ध चरणबद्ध आउन्दोलन सुरु गरेको हो । 


देशमा चरम भ्रष्ट्रचार बढेको, महंगीले जनताको चुलो बल्न मुस्किल भएको, धान रोप्न प्रमुख बेलामा किसानले मल नपाएको हुनाले हामी बाध्य भएर सडकमा आएका हौं अध्यक्ष वाइबाले रामेछाप टाइम्ससंग भने । उनले देशब्यापी आन्दोलमा रहेको उल्लेख गर्दै राप्रपाको माग सम्बोधन् नभएमा थप दोस्रो चरणको आन्दोलनमा जाने बताए । 

 

अध्यक्ष वाइबाले केन्द्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गर्दै राप्रपाको तल्लो तहदेखिनै बिरोध जारी रहेको बताए । उनले देशको आर्थिक अवस्थाले धान्न नसक्ने गरि तीन तहको सरकार रहेकाले प्रदेश खारेज हुनै पर्छ भने ।
 

जिल्ला कार्यसमितिले पूर्णता पाईसकेको जानकारी गराउदै अव पार्टी तल्लो तहसम्म संगठन विस्तारमा केन्द्रित हुने जानकारी गराए । चुनाव अगाडिनै हामी संगठन विस्तारमा खटिने गरी काम भैरहेको छ उनले भने ।