जिल्ला आयुर्वेद् रामेछापको वार्षिक समिक्षाः एक करोड ‘फ्रिज’ भएपछि तनाव (भिडिओसहित)

| असार २४, २०७९ शुक्रबार

A A A
A A A

२४ असार, रामेछाप । जिल्ला आयुर्वेद् कार्यालय रामेछापले एक वर्ष भरिको कामको समिक्षा तथा आगामी वर्षको लागि नीति एवं योजनाको बारेमा जनप्रतिनिधिसंग छलफल गरेको छ । 


आज शुक्रबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका (जिसस) प्रमुख चीना खड्का, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उप्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की, मन्थली नगरपालिकाका वडा नं १,२,३,५ र ८ नम्बरका वडा अध्यक्षहरु वडा नं १ का कार्यवाहक अध्यक्षसहित क्रमशः सुरेन्द्रबहादुर कार्की, गोपालबहादुर  थापा, रविन कार्की (नवीन) र गोपाल श्रेष्ठ लगाएत, आयुर्वेद्का विस्तारित सेवा शाखा कार्यालयहरुका प्रमुख र पत्रकार, संचारकर्मीको उपस्थितिमा आयुर्वेद्को क्षेत्रबाट संस्थाले एक वर्षको अबधिमा गरेका कामहरु आयुर्वेद् कार्यालय प्रमुख नदन कंडेलले जानकारी गराएका हुन् । 


संस्थाले आयुर्वेद्को क्षेत्रमा निकै महत्वपूर्ण काम गरेको जानकारी गराउदै प्रदेश सरकार अन्तर्गत संचालित संस्थामा भौतिक संरचनाको अभाव रहेको प्रमुख कंडेलले सुनाए । त्यसको लागि प्रदेश सरकारले भवन बनाउनको लागि छुट्टएको एक करोड बजेट भने कार्यान्वयन हुन नसक्दा ‘फ्रिज’ हुन पुगेको कंडेल आफैले बताए । आफू ५ महिना अगाडि आएको र त्यसतर्फ पहल गरे पनि बजेट भने जग्गा आवश्यक्ता अनुसार नपाएका कारण ‘फ्रिज’ भएको दाबी उनको छ । 

 

यसरी एक करोड बजेट कार्यान्वय गर्न नसक्दा संस्थाले भवन अभाव त झेल्नु पर्नेनै भएको छ । त्यसमा पनि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा डिपीआर गर्न भन्दै करडौंको बजेट घटाएर ७ लाख बजेट पठाएको कंडेलले सुनाए । ‘हामीले भनेको समयमा एक करोड बजेटबाट जग्गा व्यवस्थापन गर्न सकेनौं, बजेट फिर्ज भयो । अब त्यो नभएपनि ७ लाख आउदो वर्षको लागि डिपिआर गर्न बजेट आएको छ कंडेलले भने ।’ 

उनी बजेट फ्रिज हुनुमा स्थानीय तहको निर्वाचन, कोरोना महामारी र सम्बन्धित जनप्रतिनिधि, प्रदेश सरकारको कम्जोरी रहेको दाबी गर्छन् । 


यसैबीच (जिसस) रामेछापकी चीना प्रमुख खड्काले बजेट फर्ता जनुमा सम्बन्धित निकायको गम्भिर कम्जोरी भएको भन्दै त्यसतर्फ सचेत हुन कार्मचारीलाई आग्रह गरिन् । उनले भनिन् ‘भवन भन्न आएको बजेट फिर्ता जानु दुःखद् पक्ष हो । कर्मचारी भएको नाताले कार्यालय प्रमुखको पनि ठूलो दायित्व रहन्छ । प्रमुखले आफ्नो कार्यालयको नगरी नहुने कामलाई प्राथामिकता दिनु पर्छ । त्यो भयो भने राम्रो हुन्छ ।’


 
उनले घुमाउरो पारामा बजेट फिर्ता जानु कार्यालयका कर्मचारी दोषी रहेको उल्लेख गरिन् । जनप्रतिनिधिहरु विकासको लागि कहिले पछि नहट्ने भन्दै दोष देखाएर उम्किने भन्दा काम राम्रो गर्न निर्देशन गरिन् ।


त्यस्तै मन्थली नगरपालिका प्रमुख श्रेष्ठले बजेट फिर्ता जानु जनप्रतिनिधिलाई दोष दिएर उम्किने काम आफूलाई कदापि स्वीकार्य नहुने आडान् लिए । उनले बजेट कार्यान्वय गर्न नसक्नु विकासलाई बाधक भएको भन्दै त्यसको बिरोध गरे । ‘जनप्रतिनिधि हामी भर्खरै आएपनि तपाईहरु पहिले हुनुहुन्थो । पूराना जनप्रतिनिधि पनि थिए । उनीहरुले रोके भन्नेमा म, विश्वस् गर्दिने त्यसैले जनप्रतिनिधिको यहाँ दोष नदेखाइयोस् । कम्जोरी कर्मचारीको हो उनले आक्रोश पूर्ण भावमा भने ।’ 

 

आयुर्वेद् क्षेत्र निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै जिल्लामा यसको विकास र विस्तारको लागि जनप्रतिनिधि सधै तयार रहेको उनको प्रतिबद्धता छ ।  

 
त्यस्तै एक करोड बजेट फ्रिज जानु सिंगो रामेछापबासीको लागि दुःखद् पक्ष भएको भन्दै समयमै कर्मचारी र सम्बन्धित निकायले ध्यान दिएर आएका बजेट कार्यान्वयमा लैजानु उपयुक्त हुने रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्कीले बताइन् । ‘यती ठूलो बजेट फिर्ता जानु सिंगो रामेछाप बासीको लागि दुःखद् पक्ष हो । आगामी दिनमा यस्तो नहोस् । संस्थाको विकासको लागि आएको बजेटको कार्यान्वय होस् उनले भनिन् ।’

 

बजेट फिर्ता गएको विषयले प्रवेश पाएपछि बैठकमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । छलफलको माध्यमबाटै समाधान खोज्नु पर्ने भन्दै समाधानको बाटो खोज्ने वातावरण बनेको थियो ।