समाजबादी पार्टीभित्र बिचलन् आउँदा प्रदेश सरकार फेरीन समस्या आयो–सभापति बानियाँ

२६ असार, रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार फेरीनुमा एकिकृत समाजवादीमा राजनीतिक बिचलन आउँदा प्रभाव परेको बताएका छन् । संघीयताको बिपल्प अरु हुन नसक्ने उनको जिकिर छ । उनले भने ‘यसको बिकल्प छैन्, यसमा प्रतिस्प्रर्दा छ, पहिचान छ, समावेसी छ, समानुपातिक छ, भूगोलको छ, यस उत्मबिकल्प अरु छैन् ।’
आइतबार सदरमुकाम मन्थलीमा जिल्ला पार्टी सभापति पूर्णबहादु तामाङ् ‘कान्छाराम’को निवासमा भएको भेटघाटमा उनले यस्तो बताएका हुन् । प्रदेश सभापति बानियाँले प्रदेशमा ६–६ महिना सरकार चलाउने भन्ने विषय गठबन्धनभित्र लिखित रुपमा भएको स्पष्ट् पार्दै एकिकृत समाजवादीबाट सहमतिको पूर्ण पालना नहुदाँ यो समस्या भएको बताए । केही समयदेखि प्रदेशमा बाँनियाको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चलेको थियो । फेरी केन्द्रबाटै सहमती गरेको भन्दै तत्कालको लागि प्रदेश सरकार नफेरीने भन्दै अहिले सरकार फेरीने कुरा मथर भएको अवस्था छ ।
सरकार फेरीनु पर्छ भन्नेमा आफूहरु भने मरिहत्य नगरेको उनको प्रष्टोक्ति छ । ‘हामीले सरकारमा जानै पर्छ भनेका छैनौं । पाउनै पर्छ भन्ने हैन । तर, सहमतीको पालना भए राम्रो हो ।कार्यान्वयमा (एस) पार्टीभित्र केही राजनीतिक बिचलन भएको हो कि ? भन्ने लागेको छ त्यसैले यस्तो भएको हो ।’
गोकुलगंगा गाउँपालिकाको भवन उद्घाटन गर्न आएका प्रदेश सभापति बानियाँले आउदो प्रदेश र प्रतिनिधि सभाको चुनावमा गठबन्धन माथिबाटै हुने भएकाले अहिलेको जस्तो कम्जोर नहुने उनको दाबी छ । ‘अबको चुनावमा माथिबाटै हुन्छ । कुनै पार्टीले मान्दिन भन्न पाउदैनन् त्यो १०० प्रतिशत गठबन्धन हो उनले भने ।’
स्थानीय तहको निर्वाचनमा गठबन्धन स्थानीय तहको आधारमा गर्नु भन्ने आदेशले पनि केही कम्जोरीहरु भएको उनको दाबी छ । सभापति बाँनियाँले नेपाली कांग्रेस पार्टीभित्रै पनि बलियो र एक हुनु पर्ने भन्दै गठबन्धन या सिङ्गल जसरी पनि चुनावमा जानु पर्नेमा जोड् दिए ।
‘कांग्रेस एक्लै यात गठबन्धन गरेर जसरी पनि चुनावमा जानुपर्छ तर, पहिलो प्राथमिकता एक्लै हुनु पर्छ भने ।’ तर, प्रदेशको भर्खरै सकिएको पार्टीको बैठकले भने गठबन्धन गरेर चुनावमा जानु पर्नेमा जोड् दिएको उनले सुनाए ।
सभापति बानियाँले पार्टीले टिकट् दिने पद्धति फेरीनु पर्ने र जनप्रतिनिधि देखि पार्टीको नेतृत्व चुन्ने अधिकार क्रियाशिल सदस्यहरुले गर्नु पर्ने नीति र विधि बनाउनु पर्ने उनले योजना सुनाए ।