कांग्रेसको क्रियाशिल फारम अन्लाईनबाट १२ महिना भर्ने व्यवस्था हुनु पर्छ- सभापति बानियाँ (भिडिओसहित)

| असार २६, २०७९ आइतबार

A A A
A A A

२६ असार, रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसको क्रियाशिल फारम १२ महिना भर्ने व्यवस्था गर्नु हुनु पर्नेमा जोड् दिएका छन् । यसरी क्रियाशिल भर्ने र क्रियाशिललेनै सबै कुरा टुङ्गोमा पुर्याउने अधिकार दिने हो भने अहिले राजनीतिमा देखिएको विकृत कम हुने उनको दाबी छ । 

 


आइतबार मन्थलीमा पत्रकारहरुसंग भएको भेटमा सभापति बानियाँले भने ‘क्रियाशिल फारम १२ महिना अन्लाईनबाट भर्ने व्यवस्था मिलाउने र १० वर्ष क्रियाशिल पुगेकाहरुले सक्षम र पार्टीलाई आवश्यक, हाँक्न सक्नेहरुलाई टिकट् दिने, सभापति बनाउने, टोलको सभापति देखि केन्द्रसम्मको सभापति चुन्ने क्रियाशिलहरुको तहले गर्ने गर्यो भने अहिले लाग्दै आएका सबै आरोप पनि हट्छ । पार्टीलाई चाहिएको नेतृत्व पनि आउछ । बिकृती पनि कम हुन्छ भने ।’ 

 

उनका अनुसार १० वर्ष क्रियाशिल सदस्य भएका वडामा क्रियाशिल सदस्यले वडा सभापति चुन्ने, गाउँपालिका, नगरपालिकासहित प्रदेश र संघ, पार्टीका तहहरुमा पनि लागू गर्नु पर्नेमा जोड् दिए । 

 


यसो गर्न सके पार्टीभित्र देखिदै आएका नाताबाद्, कृपाबद्, नेताको नजिक भएर पाउने पद, लगाएत सबको अन्त्य हुने उनको दाबी छ ।