सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउनुहोस्- जिसस प्रमुख खड्का

२६ असार, रामेछाप । जिल्ला समन्वय समिति (जिसस) रामेछापकी प्रमुख एवं सभापति चीना खड्का (कार्की) ले गोकुलगंगा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घर–घरमै पुर्याउन आग्रह गरेकी छन् । उनले भनिन् वृद्धा, अशक्त भत्ता लिन निकै गाह्रो हुने रहेछ । मेरो विशेष आग्रह छ, सकिन्छ भने त्यो सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन आग्रह गर्दछु ।’
गोकुलगंगा गाउँपालिका रामेछापको नवनिर्मित भवन उद्घाटन र शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खड्काले यस्तो बताएकी हुन् । उनले सामाजिक सुरक्षा भत्ता लिन हिड्दै गरेकी एक वृद्ध महिलाको अवस्थाको बारेमा सुनाउदै भत्ता उनीहरुको हात हातमा पुर्याउन आग्रह गरेकी हुन् ।
उनले पालिकाले गर्ने हरेक काममा जिल्ला समन्वय समितिले समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
पालिकालाई जग्गा प्रदान गर्ने १३ जना दाता सम्मानित
यसैबीच पालिकाको कर्मचारी आवास भवन उद्घाटन तथा प्रशासनिक भवनको शिलन्याशमा १३ जना जग्गा दाताहरुले सम्मानित पनि भएका छन् । यसरी सम्मानित हुनेमा ६ रोपानी जग्गा उपलब्ध गर्ने धबबहादुर सुनुवार, तरुणबहादुर सुनवुार २ रोपनी जग्गा पालिकालाई पास गर्ने काली सुनुवार, सोमबहादुर सुनुवार हुन् ।
त्यस्तै एक रोपनी प्रदान गर्ने हिरादेवी बि।क, बिर्खबहादुर सुनुवार,मनाबहादुर सुनुवार, पूर्णबहादुर कार्की, खम्बबहादुर बि।क, ठगबहादुर भुजेल, रामबहादुर भुजेल, निरमायाँ तामाङ सम्मानित भएका हुन् ।
त्यस्तै लिलामायाँ र शंखमायाँले १ रोपनी ४ आना प्रदान गरेका हुन् । उनीहरुलाई पालिकाले खादामालाले सम्मान गरेको हो ।