जिल्ला अस्पताल रामेछापलाई प्रदेशले ५० शैय्याको सुविधा सम्पन्न बनाउछ- बानियाँ

| असार २६, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

२६ असार, रामेछाप । नेपाली कांग्रेसका संसदीय दलका नेता एवं कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले जिल्ला अस्पताललाई ५० शैय्याको अस्पताल बनाइने बताएका छन् । प्रदेशले १३ वटै जिल्लालाई जोड्ने प्रदेश चक्रपथ निरमाणको गर्ने उनको भनाई छ । 

 


गोकुलगंगा गाउँपालिकाको प्रशासनिक भवन शिलन्याश एवं आवास भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले आइतबार जिल्ला अस्पताल रामेछाप २५ शैय्याको मात्रै रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७९÷८० भित्रै ५० शैय्यामा स्तर उन्नती गर्ने बताएका हुन् । 

 

उनले भने ‘सुविधा सम्पन्न अस्पताल ५० शैय्याको डक्टर, नर्श र आवश्यक ‘ईक्यूप्मेन्ट’सहितको सुविधा सम्पन्न बनाई छ । डाइलशिस, मुटु रोगहरुको समेतको यही उपचार हुने अस्पताल हुन्छ । सुविधा सम्पन्न हुने बनाइनछ ।’

 


उनले जिल्ला सदरमुकामदेखि गोकुगलगंगा गाउँपालिका केन्द्रसम्म जोड्ने सडकलाई कालोपत्रे, पिच, र ढलान प्रदेश सरकारले पालिकासंगको समन्वयमा गर्ने प्रतिबद्धता जनाए । राजनीतिमा बिचार फरक भएपनि विकास र समृद्धिमा त्यो हुन नहुनेमा उनको जोड छ । 

 


राजनीति गरिब, सर्वहारा र नीमूखाको लागि गरेको भन्दै त्यो पूरा गर्न सक्नु पर्नेमा जोड् दिए । 

 

पूर्व गृहराज्य मन्त्री समेत रहेका सभापति बानियाँले संघीयताको विकल्प नभएको दाबी गर्दै संघीयताले सबैलाई समेट्न भूमिका खेलेको उल्लेख गरे । उनले स्वास्थ्य बिमा कार्यक्रममा नागरिकहरुले समस्या भोगी रहेको भन्दै त्यो झन्जट्को समाधान गर्नु पर्नेमा जोड् दिए । 

 


सभापति बानियाँले गोकुगंगा गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रमा जडिबुटी उत्पादन हुने गरेको भन्दै त्यसलाई पालिकाले सदूपयोग गर्नु सुझाए ।