पालिकाको अनुदानमा संचालित होमस्टेहरुले छुट्सहितको सेवा दिन सक्दैनन् भने अनुदान फिर्ता गर्नु पर्छ–सभापति तामाङ

२७ असार, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले गोकुलगंगा गाउँपालिकाले ‘होमस्टे’ संचालचन गर्न गरेको सहयोगको सही सदुपयोग हुनु पर्नेमा जोड् दिएका छन् । उनले भने ‘पालिकाले ‘‘होमस्टे’’ संचालन् गर्न १०–१५ लाख रुपैयाँ दिदै आएको छ, भन्ने सुनेको छु यसरी दिएको बजेटको सही सदुपयोग हुनु पर्छ । पालिकाले सहयोग गरेपछि उनीहरुले विशेष छुटसहितको व्यवस्थित सुविधा दिन सक्नु पर्छ । नत्र अनुदानको रकम उनीहरुले फिर्ता गर्नु पर्छ ।’
पालिकाको स्थानीय समेत रहेका सभापति तामाङ्ले आइतबार गोकुलगंगा गाउँपालिकाको आवास भवन उद्घाटन् एवं प्रशासनिक भवन शिलन्यास कार्याक्रमलाई सम्बोधन गर्दै अनुदानबाट संचालित होमस्टेहरुले अरुको भन्दा सस्तो दरमा सेवा दिनु पर्नेमा जोड् दिए । 'उनले जिरीमा पनि उही भाउ, चरीकोटमा पनी उही भाउ, यहाँ पालिकाको अनुदानबाट संचलान होमस्टेहरुमा पनि उही भाउ, यसरी हुदैन । उनीहरुले छुट्सहित सेवा दिन सक्नु पर्छ भने ।
उनले बेताली सम्मको सडक कालोपत्रेको लागि टेण्डर परिसकेको जानकारी दिदै २३ किलोमिटर सडक चुचुरेसम्म पनि कालोपत्रे गर्न बजेट छुट्याइदिन प्रदेश सभापति ईन्द्रबहादुर बानियाँसमक्ष माग गरे ।
उनले बजेट बाँडाफाड् गर्ने क्रममा प्रदेशले ४ करोड् बजेट थपिदिनु पर्यो, प्रदेश सरकारलाई मेरो माग भयो, धोबी फलाटे सडकलाई थप ६ करोड, उमाकुण्ड जोड्ने सडकलाई कालोपत्रे गर्न पनि बजेट थप गर्न माग गरे ।