चिसापानीका अध्यक्ष श्रेष्ठ भन्छन्–वृद्धभत्ता घर–घरमा पुर्याएका छौं, अब गर्ने काम यस्ता छन् (भिडिओ)

| असार २९, २०७९ बुधबार

A A A
A A A

२९ असार, रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले आफ्नो वडाले वृद्धवृद्धालाई घर–घरमा,टोल(टोलमा वृद्धभत्ता सामाजिक सुरक्षा भत्ता० वितरण गरी रहेको बताएका छन् । मन्थली नगरपालिकाको बजेट कार्यान्वय गर्न समग्र जनता, सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, जनप्रतिनिधिको प्रमुख भुमिका  हुने उनको भनाई  छ ।

 

रामेछाप टाइम्ससंग बुधबार कुराकानी गर्दै निर्वाचित भएर आएपछि आफूहरुले भत्ता बुझ्न समस्या खेप्दै आएको समस्यालाई बुझेर साविकका वडा(वडामा, टोल(टोलमा पुगेर भत्ता हस्तान्तरण गरी रहेकोे जानकारी दिए ।

 


उनले आफू निर्वाचित भएर आएपछि हालसम्म भत्ता वितरण, विद्यालयमा बालबालिकाको स्वास्थ्य परिक्षण, एक दिने रक्तदान कार्यक्रम, एकदीने विद्यालय सुधारका कार्यक्रम, विद्युत्  संकलन केन्द्र संचालन, वडामा नेवारी समुदायको बाहुल्यता रहेको उल्लेख गर्दै भिम्शेन मन्दिरको बनलाई धार्मिक जंगल बनाउने प्रक्रिया सुरु, शिक्षा सुधारको लागि ‘अभिभावक शिक्षा’ सहभागीता, छलफल, समिति गठन् गरिरहेको जानकारी दिए ।

 

अध्यक्ष श्रेष्ठले सबै नागरिकको स्वास्थ्य परिक्षण, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम चाँडै गर्ने योजना सुनाए । उनले स्वास्थ्य क्षेत्रमा आफूहरु सधै सचेत हुनु पर्ने भन्दै किशोरीसंग नर्स कार्यक्रम गर्ने बताए ।

 


अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई अगाडि बढाउन नसक्ने हो, भने देशले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताए । उनले कृषि क्षेत्र सुधारको लागि सिंचाई अहिलेको प्रमुख आवश्यक्ता रहेकोमा जोड् दिए ।