द्वन्द्व पीडित महिला राष्ट्रिय संञ्जाल रामेछापको अन्तरक्रियाः प्रस्ट योजना लिएर आए सहयोग गर्ने जनप्रतिनिधिको बचन

| असार २९, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२९ असार, रामेछाप ।  जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना खड्का (कार्की) ले द्वन्द्व पीडित महिलाहरुको क्षेत्रमा र उनीहरुको हक अधिकारको लागि काम गर्न सधै तयार रहेको बताएकी छन् । पीडितहरुको अधिकारको क्षेत्रमा काम गर्न सबैले समन्वय र सहकार्य गर्नु पर्नमा उनको जोड् छ ।

 

बुधबार सदरमुकाम मन्थलीमा द्वन्द्व पीडित महिला राष्ट्रिय संञ्जाल रामेछापले आयोजना गरेको परितयात्मक एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खड्काले यस्तो बताएकी हुन् । उनले रामेछाप जिल्ला द्वन्द्वबाट अति प्रभावित क्षेत्र भएको स्मरण गर्दै यसबाट पीडितहरुको हक अधिकारको क्षेत्रमा काम गर्न जिल्ला समन्वयको तर्फबाट सक्दो सहयो गर्ने उनको प्रतिबद्धता समेत छ । (जिसस) प्रमुख खड्काले द्वन्द्व पीडितहरुको पक्षमा सरकार पक्षबाट निकै राम्रो र सक्दो काम भैरहेको स्पष्टोक्ति दिइन् । ‘उनले सही ठाउँमा सही तपाईहरु पनि गर्नुहोस्, हामी पनि त्यसको पक्षमा सधै रहेका छौं भनिन् ।’ 

 

त्यस्तै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पनि द्वन्द्व पीडित महिला राष्ट्रिय संञ्जला एक परियोजना भएको जानकारी पाएको उल्लेख गर्दै परियोजनाको दायरा र उद्देश्य स्पष्ट भएर आए नगरपालिका त्यसमा काम गर्न तयार रहेक बचन दोहोर्याए । उनले पीडितहरुको उथान र विकासको लागि सधै सकरात्मक रहेको उल्लेख गरे ।

 

उनले स्थानीय सरकारले द्वन्द्व पीडित महिलाहरु लागि मात्रै भनेर बजेटको व्यवस्था गरेको हालसम्म आफूलाई जानकारी नभएको भन्दै नगरले सक्दो सहयोग भने गर्ने प्रतिबद्ध जनाए । 


२०७७ सालमा स्थापना भएर हाल १० जिल्लामा लागू भएको यो परियोजनाले द्वन्द्व पीडित महिलाहरुको समग्र विकास र विस्तारको लागि काम गर्ने आयोजकले जानकारी गराएको
छ । यसको लागि अब द्रुग गतिमा काम गर्ने योजना सुनाइएको छ ।

 

कार्यक्रममा अधिकांश वक्ताहरुले यो सञ्जालले उपलब्धि मूलक काम गर्न सुझाव दिएका थिए ।