बिजुलीकोट्मा चट्याङ् लागेर श्रीमानको ज्यान गयो, श्रीमती घाइते, विद्युत पूर्ण अबरुद्ध

| साउन ३, २०७९ मंगलबार

सांकेतिक तस्विर ।
A A A
A A A

०३ साउन, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा चट्याङ् लागेर श्रीमानको ज्यान गएको छ भने श्रीमती सामान्य घाइते भएकी  छन् ।  

 

पालिकाको वडा नं ४ बिजुलीकोट्को कल्लेरी भन्ने स्थानमा आइतबार परेको अबिरल बर्षासंगैको चट्याङ् लागेर अन्दाजी ५५ वर्षी श्रीमान दिलबहादुर गाहा मगरको ज्यान गएको स्थानीय बिष्णु बिश्वकर्माले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार गाहा मगरकी अन्दाजी ५० वर्षीय श्रीमती धनमाया गाहा मगर घाइते भएकी छन् । घरमै बसीरहेको अवस्थामा परेको चट्याङ् लाग्दा गाहा मगरको घटना स्थलमै ज्यान गएको हो । उनको मन्थली अस्पतालमा ल्याएर पौष्टमाटम गरि दाहासंस्कार गरिएको छ ।

 

साथै सोही चट्याङ्ले उक्त वडामा विद्युत् पूर्ण रुपले अबरुद्ध भएको छ । विद्युत् हालसम्म पनि अबरुद्धै रहेको विश्वकर्माले बताए ।

 

 

विद्युतको अर्थिङ् नहुदाँ त्यहाँ बेलाबेलामा चट्याङ्ले दुःख दिरहेको उनले गुनासो गरे ।