खाँडादेवीमा दुई छिमेकीबीच सामान्य विषयमा खुकुरी प्रहार, दुबै जना गम्भीर घाइते (भिडिओसहित)

| साउन ४, २०७९ बुधबार

A A A
A A A

४ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीमा घरयासी विवाद्मा दुई छिमेकीबीच धारिलो हतियार प्रहार हुदाँ दुबै जना गम्भीर घाइते भएका छन् । घाइते दुवै जनालाई थप उपचारको लागि काठमाडौं लागिएको छ । 


भिरपानीको लाप्का पदेरा भन्ने स्थानमा बस्दै आएका दुई छिमेकीबीच सामान्य विषयमा झगडा हुदाँ खुकुरी प्रहार भएको स्थानीय नवराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार माथिल्लो पट्टी घर भएका दलबहादुर तामाङ र उनका छिमेकी छत्रबहादुर तामाङबीच दलबहादुरको घरपट्टीबाट ढुङ्गा गुडेर छत्रबहादुरको घरमा खसेको थियो । सोही बिषयमा उनीहरुबीच भनाभन् भएको र एक्कासी धारिलो हतियार प्रहार थियो । 

 

‘छत्रबहादुरको घरबाट ढुङ्गा लडेर दलबहादुरको घरमा गएको रहेछ । दलबहादुर मदिराले मातेका रहेछन् । त्यसपछि सामान्य झगडा सुरु हुदाँ छत्रबहादुरको घरमा गएर दलबहादुरले ढुङ्गाले हानेको र दलबहादुरले एक्कासी खुकुरी प्रहार गरेको रहेछ श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।’

 

 
दुई छिमेकीबीच विगतदेखिनै व्यक्तिगत रिसिबी समेत रहेको बताइएको छ । खुकुरी प्रहारबाट छत्रबहादुरको टाउको, निधार, र नारीमा काटेको छ । 

 

त्यस्तै दलबहादुरको हातको औंला काटेको र टाउकोमा चोट लागेको छ । ‘क्याप लगाएको रहेछ नत्र धेरै ठूलो चोटलाग्ने देखिन्छ तर, पनि गहिरो चोट लागेको छ स्थानीय युवा श्रेष्ठले भने ।’


 
झगडामा परेका दुई घाइतेलाई प्राथमिक उपचारपछि नेपाल प्रहरीसहितको उपस्थितिमा एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाइएको छ । 
 

भिडियो हेर्नुहोस् ।