रामेछापमा पहिलो पटक स्थानीयमा डेंगीको संक्रमण पुष्टि

| साउन ५, २०७९ बिहिबार

सांकेतिक तस्विर ।
A A A
A A A

५ साउन, रामेछाप । रामेछापमा पहिलो पटक स्थानीयमा डेगीको संक्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल रामेछापमा उच्च ज्वरो आएर परिक्षणको लागि आएका तीन जना स्थानीयमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख डाक्टर मनोज कुमार यादवले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘बाहिरबाट आएका मानिसमा केही समय अगाडि पनि देखिएको थियो । तर, स्थानीयहरुमा भने पहिलो पकट देखिएको हो ।’


 
उच्च कामज्वरो, बान्ता हुने, शरिर दुख्ने, गल्ने, खानमन नलाग्ने र घाँटी दुख्ने समस्या भएर आएका तीन जना स्थानीयहरुलाई लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमण पुष्टि भएको हो । यो भन्दा पहिले बर्दिबासबाट आएका एक र नेपाली सेनाका एकमा केही समय अगाडि संक्रमण भएको डाक्टर यादवले जानकारी दिए । 


डाक्टर यादवका अनुसार बुधबार रामेछाप नगरपालिका वडा नं ९ का एक जना ६५ वर्षीय पुरुष र वडा नं ८ का दुई जना ५ वर्ष मुनीका बालबालिकामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि भएका तीनै जनालाई जिल्ला अस्पतालमा छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरेर उपचार भैरहेको छ । 

 

उपचाररत पुरुषको स्वास्थ्यमा केही सुधार आएको छ, भने बालबालिकामा ज्वरोको मात्र बढ्दै गएको उनले सुनाए । 


गर्मी मौसममा घरवरपर जमेको पानी, फोहोरपानी, हिलोपानी लगाएतबाट लाम्खुट्टेको उत्पती हुने र यसले टोक्दा मानिसमा डेंगीको संक्रमण हुने गरेको निमित्त प्रमुख डाक्टर यादवले बताए । 

 

यसबाट बच्ने उपाए भनेको फोहोर पानी र जमेको पानीको मात्र नियन्त्रण गर्नुनै उत्तम उपाए हो । साथै राति सुत्दा झूलटंगेर सुत्ने, बाहिर हिड्दा पूरा लुगा लगाउन, लाम्खुट्टेको टोकाईबाट बच्नु पर्ने उनको सुझाव छ ।