दिपशिखा ब्वाइज युनाइटेड क्लबको अध्यक्षमा आशिष कार्की

| साउन ५, २०७९ बिहिबार

A A A
A A A

५ साउन, रामेछाप । दिपशिखा ब्वाइज युनाइटेड क्लबको अध्यक्षमा सर्वसहमतिले आशिष कार्की चुनिएका छन् । 

 

बुधबार मन्थली स्थित करम्बोटमा बसेको कल्बको पदाधिकारी बैठकले कार्कीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । 

 

त्यस्तै कल्बको उपाध्यक्षमा निकुन कार्की, सचिवमा किशोर थापा चुनिएका छन् । 

 

त्यस्तै सह–सचिवमा राजकुमार खड्का, कोषाध्यक्षमा ऋषिना अधिकारीले जिम्मेवारी पाएका छन् । 

 

लामो समयदेखि जिल्लाको खेलकुद् क्षेत्रमा निकै अग्रसर यो कल्बमा कुमार बस्नेत, रवी कार्की, लक्ष्मण कार्की, रामहरी भुजेल, वासु खड्का, प्रदिप कार्की, तेजबहादुर माझी, अविनास श्रेष्ठ, गजेन्द्र खड्का, नेत्र कार्की, निरुता खड्का र करण खड्का सदस्य बनेका छन् ।