कांग्रेस रामेछापको आज चुनावी समिक्षा गर्न बैठक बस्दै, पूर्ण पदाधिकारी उपस्थित् हुने सम्भावना कती ?

३ गते बोलाईएको बैठक अघोषित रुपमा बहिस्कार

| साउन ६, २०७९ शुक्रबार

फाईल तस्विर ।
A A A
A A A

५ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापले आज शुक्रबार गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने भएको छ । गत साउन ३ गतेनै बस्ने भनिएको बैठक बहुमत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले अघोषित रुपमा बैठक बहिस्कार गरेपछि बैठक अनिश्चित कालको लागि स्थगित भएको थियो । सो बैठक पत्र मार्फत शुक्रबारको लागि बैठक आह्वन गरिएको छ।  

 

३ गते मंगलबार बस्ने भनिएको बैठक पदादिकारीहरुले सभापति पूर्णबहादुत तामाङ् (कान्छाराम) को कार्यसैली प्रति असन्तुष्ट जनाउदै अघोषित रुपमा विभिन्न कारण देखाउदै बैठकमा अनुपस्थित् भएपछि बैठक बस्न नसकेको नेताहरु बताउछन् ।

 

त्यसपछि पार्टी सचिव दीपक खड्काले बुधबार ४ गते पत्र मार्फत शुक्रबार ६ गतेका लागि चुनावी समिक्षा, पार्टीका विभिन्न तहमा खाली भएका पदहरुमा पूर्ती गर्न, पार्टीको लेवी लगाएतका विषयमा छलफल गर्न भन्दै बैठकमा अनिर्वाय उपस्थिति हुन भनिएको छ । ‘काँग्रेस जिल्ला कार्यसमिति रामेछापको बैठक ६ गते शुक्रबार बस्ने भएको हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति,रामेछापका सम्पूर्ण पदाधिकारी र सदस्य ज्यूहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछ खड्काले जारी गरेको पत्रमा उल्लेख छ ।’


दिउँसो १ बजे पार्टी कार्यालय वीपी स्मृती भवन मन्थली भैशेश्वरमा बस्ने बैठकले पार्टीभित्र देखिएका समस्या र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘शुक्रबार बैठक बस्दै छ । स्थानीय चुनावको समिक्षा, विभिन्न ठाउँमा खाली रहेको ठाँउमा पदपूर्ती र समसामायिक राजनीतिक समिक्षा हुन्छ । साथै ४१ औं विपी स्मृती दिवसको बारेमा पनि बैठकले छलफल गर्नेछ । ३ गते बस्ने भनेको बैकठ साथिहरु नपुगरे बसेन बोगटीले भने ।’ 


गत निर्वाचनमा रामेछापमा कांग्रेसले आवश्यकता अनुसार गठबन्धन गरेर चुनाव लडेको थियो । सोही अनुसार जिल्लामा कांग्रेस पहिलो पार्टी बनेको छ । 

 

२४ वटा वडा र ६ वटा पालिका प्रमुख, उपप्रमुख जितेको कांग्रेसले कतिपए वडामा पार्टी भित्रको अन्तर्घातले चुनाव हारेको भन्दै नेता कार्यकर्ता तथा उम्मेद्वारहरु आक्रोशित बनेका छन् । साथै टिकट् वितरण एकलौटी, उम्मेद्वारलाई असहयोग, पैसामा टिकट् वितरण गरेको लगाएतका आरोप लगाउदै नेताहरु असन्तुष्ट छन् ।

 

त्यस्तै सभापति तामाङ्ले बैठकमा एकलौटी पेलेर लाने निर्णय गर्ने गरेको भन्दै एक गुट् बैठकमा उपस्थितनै हुन आनाकानी गर्ने गरेको स्रोतको दाबी छ । यस अगाडि बस्ने बनिएको बैठकमा अनुपस्थिति हुने अधिकांश सदस्यहरुले आफूहरु बिरामी परेको बताएका थिए । ४१ जना पदाधिकारी सहितका सदस्यहरुले आफूहरु बिरामी परेको बताएपछि बैठक सरेको थियो । 

 

आजको बैठक पत्र मार्फत अनिर्वाय उपस्थिति हुन भनिएकाले कतीले उपस्थिति हुन्छ भन्ने चासोका साथ हेरिएको छ । 

सूचना हेर्नुहोस्