वीपीको स्मृतीमा वृक्षारोपण र शालिकमा माल्यार्पण (फोटोफिचर)
६ साउन, रामेछाप । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला (वीपी) को ४० औं स्मृती दिवस रामेछापमा कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाएको छ । वीपीको सम्झनामा उनका अनुयायीहरुले वृक्षारोपण र शालिकमा माल्यार्पण गरेका हुन् ।
शुक्रबार आज वीपीको ४० औं स्मृती दिवसको अवसरमा पार्टी कार्यालय मन्थली स्थित भैशेश्वरमा रहेको वीपी स्मृती भवन परिसरमा पार्टीको आयोजनामा वृक्षारोपण गरिएको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
त्यस्तै मन्थलीमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको छ । कांग्रेसले आजनै चुनावी समिक्षा गर्न भन्दै पूर्ण जिल्ला कार्यसमिति बैठक पनि डाकेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको समिक्षा, खालिरहेका पदपूर्ती र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।