वीपीको ४० औं स्मृतीमा नेविसंघ रामेछापले बिरामीहरुलाई दियो फलफूल

| साउन ६, २०७९ शुक्रबार

A A A
A A A

६ साउन, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ४० औं  (वीपी) स्मृती दिवसमा बिरामीहरुलाई फलफुल वितरण गरेको छ । 


आज शुक्रबार बिहान जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचाररत बिरामीहरुलाई स्याउ, केरा र जुस वितरण गरेको उपसभापति विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

कांग्रेस पार्टी सभापति पूर्णबहादु तामाङ् ‘कान्छाराम’ सहित पार्टीका अधिकांश नेता कार्यकर्ताहरुको उपस्थितिमा बिरामीहरुको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको पौडेलले बताए । 

 

नेविसंघको आयोजनामा भएको फलफूल वितरणमा १५ जना बिरामीहरुलाई फलफूल दिएको हो ।