पदाधिकारीले पटक-पटक बहिस्कार गरेपछि फेरी ९ दिनपछि सर्यो कांग्रेस रामेछापको बैठक
फाईल तस्विर ।
७ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापको पूर्ण पदाधिकारी बैठक फेरी सरेको छ । गत मंगलबारबाट सरेर हिजो शुक्रबारको लागि डाकिएको पूर्ण पदाधिकारी बैठक शुक्रबार पनि कोरोम नपुग्दा बैठक बस्न नसकेको हो ।
विशेष गरी सभापति पूर्णबहादुर तामाङ् कान्छारामको कार्यशैली प्रति असन्तुष्ट पूर्वपार्टी सभापति लबश्री न्यौपानेसहित २५ जना पदाधिकारीहरुले बैठक अघोषित रुपमा बहिस्कार गर्दै अनुपस्थित् भएपछि बैठक बस्न सकेको छैन् ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावको समिक्षा, पार्टीका विभिन्न तहमा खाली पदपूर्ती, समसामायिक राजनीतिक विषयमा छलफल गर्न भन्दै पत्र काटेरै शुक्रबारको बैठकमा डाकिए पनि पदाधिकारीहरुले बैठक बहिस्कार गरेका हुन् ।
सभापतिको कार्यसैलीका कारण बैठकमा उपस्थिति हुन नसकेको उल्लेख सहित २५ जना जिल्ला कार्यसमिति पदाधिकारीहरुले ६ बुँदे माग राख्दै सभापति कान्छारामलाई शुक्रबार ज्ञापन पत्र समेत बुझाएका छन् ।
योसंगै पार्टी सचिव दीपक खड्काले बैठक पुःन साउन १७ गते मंगलबार ९ दिनपछि बैठक बस्ने जानकारी दिएका छन् ।
वीपी स्मृती भवन मन्थली भैसेश्वरमा दिउसो १ बजे बैठक डाकिएको छ । यो बैठकमा अनिवार्य उपस्थित हुन पत्रमा भनिएको छ ।
सूचना हेर्नुहोस्

