सभापति तामाङ्को कार्यशैली प्रति असन्तुष्ट २५ जना जिल्ला कार्यसमिति सदस्यहरुले बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

| साउन ७, २०७९ शनिबार

कांग्रेस सभापति कान्छाराम तामाङ् ।
A A A
A A A

७ साउन, रामेछाप । पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ को कार्यशैली प्रति असन्तुष्ट जनाउदै आएका नेपाली कांग्रेसका रामेछापका २५ जिल्ला कार्यसमिति सदस्यहरुले ज्ञापन–पत्र बुझाएका छन् । 


विशेष गरी सभापति तामाङ्ले जिल्ला कार्य समितिको बैठकमा विधान अनुसार नचलेको, एकलौटी ढंगबाट विभिन्न पदमा नियुक्ती र मनोनयन गरेको, सभापति निकटतम ब्यक्तीहरुको निहित उदेश्य, आग्रह(पुर्वाहग्रह अनुशार पार्टीको विधिविधान र पद्धतिलाई लत्याउदै पार्टीको अहित हुनेगरी एकलौटी पेलेर निर्णय लादेको लगाएत ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो ।

 

त्यस्तै पार्टीको विधि, विधान पद्धती मिचि संसदिय समिति गठन नै नगरी मातहतका तहदेखि प्रकृयागत ढंगले सिफारिस भई आएका सर्वसहमत निर्णय सम्मलाई आफ्नो निहित स्वार्थ परिपुर्तिका लागि अनुचित ब्यक्तीहरुलाई समेत टिकट वितरण गर्ने जस्तो गम्भीर तृटि गरेकोलेनै स्थानीय तहको निर्वाचनमा विजय शुनिश्चित भएका स्थानमा समेत पराजय भोग्नु परेको ज्ञापन पत्रमा उल्लेख छ  ।

 

२५ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्रमा विधानको ठाडो उल्लंघन गरि गरिएका दिर्घकालिन प्रभाव पार्ने निर्णयलाई वदर गर्दै कमीकमजोरी उपर गम्भिर आत्मालोचनाका साथ पार्टी नेतृत्व सच्चिनु पर्ने भन्दै ध्यानाकर्षण सहित पत्र बुझाएका हुन् । 

यस्तै छन् माग र सभापति प्रतिको असन्तुष्टि ।

  1. जि‌. का.स.का वैठकहरुमा नेतृत्वबाट सदस्यहरुलाई अपहेलित गर्ने, निर्णय निमार्ण प्रकृयामा प्रस्ताव उपर मत बझाउने धारण प्रकट गर्ने भुमिकालाई समेट बन्चित गर्दै पुर्व निर्धारित निर्णयहरुलाई नै वैठकको निर्णय भनि अनुमोदन गराउने गलत परिपाटिको अभ्यास हुन । 
  2. स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने सन्दर्भमा विधानले ब्यवस्था गरेको अनिवार्य प्रावधानलाई ब्यवास्ता गरि पार्टी संगठनका तहगत सिफारिस समेतलाई अवमुल्यन गर्दै स्थानियतहका उम्मेदवारी छनौट, कार्यपालिकाहरुका उम्मेदवारी छनौट, जिल्ला समन्वय समितिको उम्मेदवारी छनौट जस्ता प्रक्रियामा नेपाली काँग्रेसको विधान अनुशार संसदिय दल गठन गरि संसदिय दलले सिफारिस गरेका उम्मेदवारहरुलाई जिल्ला कार्य समितिबाट अनुमोदन गराई टिकट वितरण गर्नुपर्नेमा सो नगरी सिमित पधाधिकारीहरु मात्र वसी अवैध ढंगले मनपरी टिकट वितरण हुदाँ नेपाली काँग्रेसले विजय प्राप्त गर्ने सम्भावना रहेका धेरै वडा र पालिकाहरुमा पार्टीले पराजयको मार वेर्होनु ।
  3. पार्टीमा अनवरत लोकतन्त्रका लागी लामो योगदान पुऱ्याउनु भएका निष्ठावान, इमान्दार र योग्यतम नेता तथा कार्यक्रताहरुलाई मानमर्दन गर्दै उम्मेदवारीको अवशर समेत नदिनु साथै राजनैतिक नियुक्तीको अवशरबाट वन्चित गर्दै स्वइच्छाले मनोमानी सिफारिसहरु गरिनु ।
  4. पार्टीको विधि, विधान र पद्धती विपरित आग्रह(पर्वाग्रहको आधारमा अनुशासनको कावाही गर्ने भन्दै पार्टी र पार्टीका भात तथा शुभेच्छक संघ संस्थाका निष्ठावान नेता तथा शुभेच्छुकहरुलाई आतंकित पार्दै माथिल्लो निकायमा नाजायज सिफारिस गरिनु ।
  5. पार्टीको विधानले परिकल्पना र ब्यवस्था गरेको पार्टी संरचना भन्दा वाहिर पधाधिकारी वैठकको नाममा अनुचित र अवैध निर्णयहरु गरिनु र सोलाई पार्टी तहमा मान्न बाध्य वनाइनु साथै जि।का।स। वैठकमा गणपुरुक संख्या विना नै निर्वाचित विभिन्न तहमा पदासिन ब्याक्तीहरुको राजिनामा स्वीकृत गर्ने पदपुर्ति गर्ने अनाधिकृत कार्य भएको