पहिलेका जनप्रतिनिधि साँढे जस्ता हुदाँ पार्टीलाई क्षेती भयो, तपाईहरु त्यस्तो नहुनुहोस्– उपमहासचिव गुरुङ (भिडिओसहित)
७ साउन, रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्ले पार्टीका जनप्रतिनिधिहरु साँढे जस्तो हुदाँ एमालेलाई क्षेती भएको बताएका छन् । जनप्रतिनिधि र पार्टीको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने उनको भनाई छ ।
शनिबार सदरमुकाम मन्थलीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना एवं ४४ औं पुष्पलाल स्मृती सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘तपाईहरुलाई थाहा छ । पहिले जितेका पार्टीका जनप्रतिनिधिहरुले १०० मा २५ ले मात्रै जिते । कसैसंग समन्वय नगर्ने । पार्टीसंग पनि छलफल नगर्ने, निर्देशन पनि नमान्ने । साँढे जस्ता भए । आफू खुसी जेमन लग्यो त्यसी गर्ने हुर्दा पार्टीलाई घाटा भयो ।’
उपमहासचिव गुरुङ्ले तिब्र चहाना र लगाबले काम गरे सफलता हाँसिल गर्न सकिने सुनाए । उनले भने ‘सबैसंग मिलेर, समन्वय र सहकार्य गरेर काम गर्न सक्नु सफला भैइन्छ । तर, हाम्र प्रतिनिधिले त्यसो नगर्दा पार्टी प्रति बितृस्णा बढ्यो ।’
एमालेबाट जितेका जनप्रतिनिधिले राम्रो काम गरेर पार्टी प्रति आकर्षण बढाउनु पर्ने उनको आग्रह छ ।
एमालेका संस्थापक महासचिव पुष्पलालको स्मृती सभालाई सम्बोधन गर्न पुष्पलालको जन्म थलो भंगेरी आएका गुरुङ्ले स्थानीय तहको निर्वाचनमा सरकारले ब्यापक धादली गरेको आरोप लगाए । उनले ‘भने सत्ताको त्यत्रो दुरुपयोग गर्दा पनि हाम्रा साथिहरुले जित्नु भयो । जितेकाले पार्टीसंग छलफल बढाउनु पर्यो । नीति कार्यक्रम ल्याउँदा पार्टीसंग समन्वय र चुनावी घोषणा पत्रमा उल्लेख भएका कामलाई प्राथामिकता दिएर ल्याउनु पर्छ ।’