राष्ट्रियता र संवैधानिक अंग कम्जोर बनाउन देउवा, प्रचण्ड र माधव एक भएर लागेका छन्- ढुङ्गेल (भिडिओसहित)
७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले माओवादी अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल आउदो चुनाव सम्म आफूहरुलाई संगै लान भन्दै कांग्रेसलाई ढोग्न व्यवस्त रहेको बताएका छन् । पाँच दलिय गठबन्धन् झन तिखारिएको टिप्पणी गर्दै कांग्रेस एक्लै चुनाव लड्न नसक्ने उनको दाबी छ ।
शनिबार सदरमुकाम मन्थलीमा आयोजित पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना एवं जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ‘अरुदल नभै कांग्रेसलाई हुदैन, कांग्रेसलाई अरुदल नभै हुदैन् । कांग्रेस एक्लै चुनाव लड्न सक्दैन् । कांग्रेसले राम्रो मन्त्र बनाएको छ । शेरबहादुरलाई देउता बनाएर ‘प्रचण्ड’ र माधव नेपाल अबको चुनावमा पनि हामीलाई तिम्रै सरण देउको गीत गाइरहेका छन् । त्यसैमा नाचीरहेका छन् भने ।'
रामेछाप जिल्ला पार्टी ईन्चार्ज समेत रहेका नेता ढुङ्गेलले पाँच दलिय गठबन्धन भैरहेको तत्कालिन अवस्थामा आउँदो कात्तिक वा मंसिरमा हुने निर्वाचनमा एमालेलाई कसरी बहुमत दिलाउन सकिन्छ भनेर लाग्नु पर्ने उनको जोड् छ।
पूर्व मन्त्री समेत रहेका नेता ढुङ्गेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट एमालेको सरकार बनाउन दिनु हुदैन भनेर लागि परेको दाबी गरे । उनले समैधानिक अंगहरु कम्जोर बनिरहेको उल्लेख गर्दै त्यसलाई कम्जोर बाउन देउवा, प्रचण्ड र माधव नेपाल एक भएर लागि परिको छन् भने ।
उनले जनप्रतिनिधिले यो त्यो भनेर बहाना गर्ने ठाउँ नरहेको भन्दै जितेकाहरुले कुनै बहाना बाजी नगरी जनताको हितमा काम गर्नु पर्ने निर्देशन दिए ।