तलब बढ्यो बा !

| साउन १०, २०७९ मंगलबार

A A A
A A A

तलब बढ्यो बा !
महंगी भत्ता सरक्क स¥यो 
समय उल्टिएर १८७७ मा पुगेछ ।


भाग्यकै खेल रहेछ 
टपक्कै चिठ्ठा परेछ 
मत खुसीले गद्गदै भएर 
साउने झरीले लेउ लागेको ठाँउमा 
सिलित्तै चिप्लिन पुगेको छु 
झल्याँस होसमा आउँदा मोबाइलमा 
म्यासेजको घण्टि बज्दा रु १५० पो खातामा झरेछ ।


बा यसवर्षको चाडपर्व नजिकदै छ ।
दशै त झन छिटै आउँदै छ बा
महंगीले चरमचुली टेकिसकेको छ ।


म छिटै विदा मिलाएर घर आउनेछु बा
माथ्लाघरे द्वारे बाजेको ऋण पनि 
यसवर्ष बढेको तलब रु १५० बाटै तिरौला बा
परिवारको खुसीको लागि पनि सबैजना बसेर 
भाटभटेनीमा गएर चाहिने सामान किनौला बा
रातो घोर्ले खसी पनि रामेछाप विहिवारे हाटैमा किनौला बा
साथीसंगी पनि यसवर्षको बढेको तलब
रु १५० को भोज खाने भनेर उत्सुकता देखाएका छन् ।

 
इन्दे्रणी फुडल्याण्डमा बसेर भव्य भोज गरौला बा
यसपालि निकै मोज गरौंला बा
सबै सबै खुसी बढेको तलब रु१५० ले मनाउँला बा
यो खुशी देशविदेश सबैतिर भनौला बा 
सबै सबै खुसी बढेको तलब रु१५० ले मनाउँला बा !!