३ करोड लागतमा एमाले रामेछापले सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्दै

| साउन १०, २०७९ मंगलबार

एमाले वैठकमा नेता कार्यकर्ता, तस्विर फाइल ।
A A A
A A A

१० साउन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) रामेछापले पार्टी कार्यालय बनाउन सहयोग गर्न आह्वन गरेको छ । पार्टी कार्यालय निर्माणको प्ररम्भिक काम सुरु गरि सकेको एमाले रामेछापले भवन निर्माणको लागि आवश्यक बजेट नभएको उल्लेख गर्दै सहयोग गर्न आम पार्टीका सदस्यहरुलाई सार्वजनिक आह्वन गरेको हो । 


गत शुक्रबार र शनिबार मन्थलीमा सम्पन्न पार्टीको चौथौ बैठकले भवन निर्माण अगाडि बढेको र सहयोग गर्न आह्वन गरेको उल्लेख छ । 


मन्थली स्थित आकाशेमा सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्ने निर्णयसहित निर्माणको काम अगाडि बढेको तर, लागत अभाव हुदाँ सहयोगको आह्वन गरिएको पार्टीका उपसचिव प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘भवन निर्माणको काम सुरु भएको छ । तार–बार लगाउने काम भैसक्यो तर, बजेट छैन् । त्यसको व्यवस्थापनको काममा लागेका छौं, कार्कीले भने ।’

 
हाल मन्थली स्थित कटहरकोबोटमा भाडाको घरबाट (एमाले) पार्टी कार्यालय संचालित छ । करिब ३ करोड लागत अनुमान गरिएको भवनको ‘डिजाईन’को काम भैसकेको र बजेट जुटाउने काममा पार्टी लागि परेको अर्का जिल्ला कमिटी सदस्य उज्वल सुवेदीले रामेछाप टाइम्ससंग बताए । ‘अत्याधुनिक सुविधा सम्पन्न भवन बन्छ । बजेट व्यवस्थापनको लागि ४ सय जनासंग एक–एक लाखको दरले पैसाउ उठाने तयारी गर्दैछौं सुवेदीले भने ।’

 
उनका अनुसार तीन तल्ले पक्कि भवनमा दुई सय जना अट्ने कार्यक्रम हल सहितको सुविधा सम्पन्न हुने छ ।

त्यस्तै कम्तिमा २० वटा गाडी पार्किङ् गर्न मिल्ने पार्किङ् र शौचालयको सुविधा भवनमा रहने सुवेदीले बताए । 


२१ आना जग्गा पार्टी निकट ‘मदन आश्रीत स्मृती’ भवनको नाममा रहेको जग्गामा पार्टी कार्यालयको भवन निर्माणको सुरुवात भएसंगै विभिन्न तहका नेता तथा कार्यकर्ताहरुलाई सहयोगको गर्न एमालेको आह्वान छ । ‘कति सकिन्छ, यसै आर्थिक वर्षमा बनाई सक्ने गरि काम अगाडि बढेको छ । ठेक्का मार्फत बाउनेकि, के गर्ने भन्ने बारेमा छलफल चलिरहेको उपसचिव कार्कीले भने ।’