सभापति ‘कान्छाराम’ लाई बर्खास्तीको माग गर्दै बहुमत सदस्यको केन्द्रिय कार्यालयमा पत्रः १७ बुँदे यस्ता गम्भीर आरोप (पत्रसहित)

| साउन १२, २०७९ बिहिबार

A A A
A A A

१२ साउन, रामेछाप । पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ को कार्यशैली प्रति असन्तुष्ट बन्दै सुधार गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका २५ जना कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरुले सभापतिको बर्खास्तिको माग गरेका छन् । पूर्वपार्टी सभापति लवश्री न्यौपानेसहित २५ जनाले गत साउन ४ गते सभापति तामाङसहित केन्द्रिय कार्य समिति, वि.पि.स्मृती भवन, सानेपा, बागमती प्रदेश कार्य समिति, हेटौडा, पार्टी, प्रदेश क्षेत्रिय कार्य समिति, प्रदेश क र ख रामेछाप, नेपाली काँग्रेस पार्टी, नगर कार्य समिती मन्थली र रामेछाप नेपाली काँग्रेस पार्टी, गाँउ कार्य समिती, खाँडादेवी, दोरम्वा, सुनापाती, लिखुतामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिका र पार्टीका ६४ वटै वडा कार्य समितिहरु सबैलाई बोदार्थ गरि ध्यानाकर्षणसहितको पत्र बुझाएका थिए । 


शनिबार पुःन जिल्ला पार्टी सभापतिलाई कार्वाही गर्न माग गर्दै पार्टीको केन्द्रिय कार्यालयमै पत्र बुझाएका हुन् । यसमा ३५ जना जिल्ला र क्षेत्रिय पदाधिकारी सभापतिहरुले हस्ताक्षर गरेका छन् । 
शनिबार पार्टीको केन्द्रिय कार्यालयमा बुझाइएको पत्रमा ‘रामेछापको १४ औं जिल्ला अधिवेशन गत असोजमा सम्पन्न भई सभापतिमा (कान्छाराम) निर्वाचित भए पश्चात पूर्व सभापतिहरु पदाधिकारीहरु, महाधिबेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, प्रदेश सभा क्षेत्रिय कार्यसमिति ‘क’ र ‘ख’ का सभापति, प्रदेश अबिधेशन प्रतिनिधिहरु, पालिका सभापतिहरु, वडा सभापतिहरु त्था भात एवं शुभेच्छक संस्थाहरुको सल्लाह सुझाव विना र पार्टीको विधि विधान प्रदेश तथा केन्द्रिय निर्देशनलाई समेत अवज्ञा गर्दै हरेक तहको संगठनलाई ध्वस्त हुने गरि अराजनीतिक, अलोकतान्त्रिक तवरबाट म, जे गर्छु त्यो पार्टीको निर्णय हो । म, जे बोल्छु त्यो पार्टीको विधिविधान हो, म एक्लै सभापति लडेको हो । एक्लै जितेको हो, मलाई कसैका सहयोगको आवश्यकता छैन भन्ने मनोभावबाट ग्रसित भएको भनिएको छ । 

 

त्यस्तै गत स्थानीय तह निर्वाचनमा टिकट वितरणदेखि निर्वाचन परिचालनमा समेत सभापतिले गर्नु पर्ने भुमिका निर्वाह नगरेका कारणबाट रामेछापमा काँग्रेसको पक्षमा जनमत हुदाँ हुदै पनि परिणाम पार्टीको पक्षमा नआएको आरोप लगाइएको छ । ‘पार्टी सभापतिकै कार्यशैली अलोकतान्त्रीक, अराजनीतिक, अराजक, साम्प्रदायिक भावबाट ओतप्रोत भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीलाई अपुरणीय क्षेत्री भएको र निकट भविष्यमा हुने आम निर्वाचनमा समेत पार्टीलाई संभावित दुर्घटनाबाट बचाउन तथा संगठनलाई चलायमान गराउन भनि सल्लाह सुझाव दिदाँ समेत एकल ढंगबाट हिडेको हुनाले सभापतिबाट जिल्ला पार्टीको संगठनको वृहत्तर नेतृत्व नहुने ठहर गरेकोले निज पार्टी सभापतिलाई पार्टी विधान बमोजिम बर्खास्त गरी अर्को बैकल्पीक व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछौं’ बुझाएको पत्रमा लेखिएको छ । 

 

त्यस्तै स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन न अबमुल्यन गरिएको, संगठन निर्माणमा नेता तथा पूर्व पदाधिकारीसँग सल्लाह सुझाव नलिई पार्टीमा सबैको अपनत्व गराउनको सट्टा अपमान पुर्ण व्यवहार गरेको, सरकारबाट नियुक्ति हुने लाभको पदमा पुराना दःख पाएका, क्षमतावान नेताहरु मध्येजिल्लाकार्य समितिको औचारिक बैठकबाट सिफारिस नगरी स्वेच्छचारी तवरबाट नियुक्ति गरेको, विधान अनुसार संसदीय समिति गठन नगरी स्थानीय तहको टिकट वितरण गरेको, पार्टीको माथिल्लो निकाय केन्द्रीय कार्य समिति। बागमति प्रदेश कार्य समितिसँग समन्वय नगरेको,  तल्लो निकाय र भातृ संस्थाहरुको सुझावलाई समेत पुर्णरुपमा वेवास्ता गरेको, पार्टीका लोकप्रिय नेताहरु हुँदाहुदै पार्टी सदस्यतानै नभएको गैर काँग्रेसलाई टिकट दिईएको, लिखुतामाकोशी गाउँपालिकामा उपाध्यक्ष पराजित भएको, विधि, विधान विपरित पार्टीको लेटरप्याड प्रयोग गरी शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई कार्यवाही गरी केन्द्रीय सभापतिलाई पत्रचार गरेको, वागमती प्रदेश कार्यसमितिको वैठकमा रामेछाप जिल्ला कार्य समितिको निर्णय बेगर नेताहरु पुर्व पार्टी सभापति रामचन्द्र खडका, निवर्तमान पार्टी सभापति तथा रामेछाप नगरपालिकाका मेयर लबश्री न्यौपाने, बागमती प्रदेश कार्यसमितिका सदस्य जित बहादुर थापामगर र महाधिवेशन प्रतिनिधि भरत प्रसाद चौलागाईको कारणबाट स्थानीय चुनावमा गठबन्धन नभएको भनी बदनीयत पूर्ण झटो प्रतिवेदन पेश गरेको, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा आफुखुसी एकलौटी टिकट दिएको, टिकट पाएका उम्मेदवारहरुलाई वडा अध्यक्ष, उपमेयर, उपाध्याक्षका उम्मेदवारहरुलाई बोलाई मेयर, अध्यक्षका उम्मेदवारले १० लाख, १५ लाख प्रत्येक वडालाई दिनु नभए भोट नहाल्नु भनी निर्देशन गरेको, सो कुरा केन्द्रबाट खटिएका केन्द्रीय सदस्य र बागमती प्रदेश सदस्यलाई समेत जानकारी गराएको, स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नको लागि वडामा ५० लाख र पालिकामा र करोड भएका मान्छेले मात्र टिकट पाउने भनी पार्टीका योग्य साथीहरुलाई मानमर्दन तथा हतोत्साहित गरेको, साम्प्रदायीक भाषा प्रयोग गरी पार्टीको सिद्धान्त विपरित जातिय सामाजिक सद्भाव विथोलेको, काँग्रेसको नियमावली बपिरित एकलौटी तवरबाट सदस्यता नभएकालाई आमन्त्रीत सदस्यमा नियुक्त गरेको आरोप लगाइएको उल्लेख छ । 

 

त्यस्तै निर्वाचनको परिणाम घोषणा पश्चात आफनो वडा पराजित भएकोमा पराजितको कारण खोज्नको लागि सत्यतथ्य छानविन समिति गठन गरी दोसी उपर हदै सम्मको कर्बाही गरी संगठनलाई पुनर्जिवित गर्नको लागि आवश्यक परेमा राजिनामा दिन पनि तयार रहेको भनी महाधिवेधन प्रतिनिधि युवराज भट्टराई, जिल्ला कार्य समितिका निर्वाचित सदस्य घन नारायण श्रेष्ठ ९घनश्याम०, प्रदेश अधिवेधन प्रतिनिधिहरु नवराज खड्का र नारायण भट्टराईले दिएको सर्त सहितको लिखित सामुहिक सुझावलाई पदबाट राजिनामा दिएको भनी युवराज भट्टराईको केन्द्रमा सिफारिस गरेको र घननारायण श्रेष्ठ ९ घनश्याम० को पद जिल्ला कार्य समितिको पुर्ण बैठक तथा पदाधिकारीको बैठक नबसी अनाधिकृत रुपमा राजिनामा स्वीकृत गरेको, जिल्ला कार्य समिति सदस्य धुबराज लामाले आफ्नो वडा लगायतको निचित ुपरिणामलाई लिएर सामाजिक सन्जालमा दिएको अभिव्यक्तिको आधारमा कार्य समिति सदस्यबाट हटाएको, निर्वाचित जिल्ला कार्य समिति सदस्यहरु क्रमसस् अन्जु रजान मगर र सम्झना घिसिड केही समयको लागि जापान गएको भन्ने हल्लाको आधारमा विना जानकारी जिल्ला कार्य समिति सदस्य पदबाट पदमुक्त गरेको, बैठकमा अनुपस्थित पदाधिकारी तथा सदस्यहरुलाई डर धाक धम्की दिई निर्णय पुस्तिकामा हस्ताक्षर गर्न पटक पटक दवाव दिने गरेको आरोप लगाइएको छ । 

केन्द्रिय कार्यालयमा बुझाइएको पत्र हेर्नुहोस्।

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार