खाँडादेवीमा पालिका सभापति तेज घिसिङसहित तीन दर्जन बढि कांग्रेस नेता एमाले प्रवेश

| साउन १४, २०७९ शनिबार

तस्विर स्रोत सामाजिक संजाल ।
A A A
A A A

१४ साउन, रामेछाप । नेपाली कांग्रेस खाँडादेवी गाउँपालिका सभापति तेज घिसिङसहित झण्डै चार दर्जन बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । 

 

कांग्रेस जिल्ला कार्यसमिति आन्तरिक विवादमा मुछिएको बेला कार्यकर्ताले पार्टी छाडेका हुन् । केही दिन अगाडि ३५ जना जिल्ला कार्यसमिति सदस्यहरुले कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ् कान्छाराम’ को बर्खास्तीको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा पत्र बुझाएका छन् । सोही विषयले कांग्रेस रामेछापमा पार्टी भित्र आरोप प्रत्यारोप गर्दै विवाद् उत्कर्शमा पुगेको छ ।

 


यसैबीच शनिबार काठमाडौंमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकको अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित उपस्थितिमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष एवं एमाले बागमती प्रदेश कमिटीका सदस्य ज्ञानबहादुर श्रेष्ठ, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, केन्द्रिय पार्टी सदस्य कैलाश ढुङ्गेल लगाएको टिमले कांग्रेस नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

 

पार्टीको आन्तरिक विवाद्का कारण रुष्ट बनेका ४६ जना कांग्रेसका विभिन्न तहमा रहेका नेताहरु एमाले पार्टी प्रवेश गरेका हुन् ।