मावन अधिकार संजाल रामेछापको कोरोना रोकथाममा चासो : रामेछापमा १४ दिन निषेधाज्ञा, १९ बुँदे माग यस्ता छन् ? (विज्ञप्तिसहित)

| बैशाख १९, २०७८ आइतबार

फाइल फोटो मन्थली बजार
A A A
A A A

१९, बैशाख, रामेछाप । मानवअधिकार संजाल रामेछापले जिल्लामा निषेधाज्ञा लागू गर्न माग गरेको छ । कोरोना रोकथाम गर्न स्थानीय तहहरुले ब्यवास्था गरेको संजालको ठहर छ । 


आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संजालले १९ बुँदे मागसहित कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरोकारवालको ध्यानाकर्षण गरेको हो ।

 

संजालले देशब्यापी रुपमा तिवृ फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुले चासो नदिएको भन्दै रामेछापमा १० देखि १४ दिन निषेधाज्ञा लागू गर्न माग गरेको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

त्यस्तै स्वास्थ्य मापदण्डलाई थप कडाका साथ पालन गर्न, गराउन भनेको छ । त्यस्तै संजालले सरकारी स्तरबाट भेला, सभा, तालिमको नाममा भिड्भाड् भैरहेको भन्दै आक्रोश पोखेको छ । 

 

त्यस्तै जिल्लामा पत्रकारहरुलाई कोरोना संक्रमण देखिएको भन्दै संजालले उनीहरुलाई सुरक्षा ब्यवस्था तथा सूचना सम्प्रेषण गर्न सक्ने गरि उचित आइसोलेसनको ब्यवस्थापन गर्ने भनेको छ । भने शव बहान र एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने सचेत गराएको छ । त्यस्तै कोरोना परिक्षणको दर बढाउन संजालले ध्यानाकर्षण गराएको छ ।

विज्ञप्ति हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार