रामेछापमा यस वर्ष आलु उत्पादन घट्यो, ८५ प्रतिशत मात्रै धान रोपाई

| साउन १६, २०७९ सोमबार

A A A
A A A

१६ साउन, रामेछाप । रामेछापमा यस वर्ष आलु उत्पादन घटेको छ । साउनको १५ सम्म आइपुग्दा आलु उत्पादन हुने प्रमुख पालिकाहरु दोरम्बा शैलुङ् गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा आलु भित्र्याउने काम लग्बग् अन्तिम भएपनि आलु उत्पादन भने निकै घटेको कृषि ज्ञान केन्द्र, रामेछापले जनाएको छ । 

 

विशेष गरि आलु रोप्ने समयमा पानी नपर्नु र रोपेपछि भने निरन्तर वर्षा भएको कारण आलु उत्पादन घरेको ज्ञान केन्द्र रामेछापकी कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी सर्मिला फुयाँलले रामेछाप टाइम्सलाई बताइन् । ‘यो पटक आलु उत्पानद धेरै घटेको छ । पानी धेरै परेकै कारण उत्पादनमा कमी आएको हो ।’

 

कूल ९९.८ हेक्टरमा जिल्ला भरी आलु खेती हुदै आएको छ । तर, उत्पादन भने, न्युन मात्रमा भएको तथ्याङ्कले देखाएको फुयाँल बताउछिन् । विगतका वर्षहरुमा १५.५ मेटिक्टन आलु उत्पादन हुदै आएको जिल्लामा यो वर्ष भने १४ हजार ८५ मेटिक्टन मात्रै आलु उत्पादन भएको हो ।

 

आलु उत्पादन घटेसंगै किसानहरुले दुखित् भएका छन् । दुःख गरेर खेती लगायो तर, उत्पादन भने कामको ज्याला पनि नउठ्ने हुन्छ यसले खेती गर्नेलाई पनि हतोसाईत् गर्छ, उमाकुण्ड १ गुम्देलका किसान सुन्तोली बि.क (घिमिरे) ले बताइन् । ‘दुःख गरेर खेती लगायो, लागत जतिपनि उत्पादन हुदैन यसले खेती गर्न पनि मनलाग्नै छाड्ने रहेछ ।’ 

 


ज्ञान केन्द्र भने आलु उत्पादन घट्नुमा मौसमले साथ नदिएको दाबी गर्छ । तर, किसानहरु भने बिऊ, मौसम र मल अभाब भएका कारण पनि उत्पादन घटेको बताउछ । 

 

कृषि अर्थ विज्ञ फुयाँल भन्छिन् गत वर्ष दोरम्बा शैलुङ् गाउँपालिकाबाट साउन १५ सम्म १५ ट्रक आलु बाहिर निर्यात् भएको तथ्याङ्क छ । तर, यो पटक ९ ट्रक मात्रै बाहिरिएको छ । यसले किसानले अब भित्र्याउने जति आलु पनि भित्रइसके त्यसैले आलु उत्पादन गत वर्षहरुमा भन्दा धेरै घरेको छ । 

 


आलु उत्पादनको लागि कृषि ज्ञान केन्द्रसंगै, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वय ईकाई रामेछापले पटक क्षेत्र निर्धारण गरि आधुनिक प्रविधिको प्रयोग सहित खेती गर्न सहयोग गर्दै आएका छन् । उनीहरुले उत्पादन बढाउन काम गरेका हुन् । तर, उत्पादन भने निरन्तर ओरालो लागेको हो । 

 


उनका अनुसार साउन १५ सम्म जिल्ला भर ८५ प्रतिशत धान रोपाई सकिएको छ । कूल ८ हजार ८ सय ९५ हेक्टरमा रोपाई हुदै आएको धान यस वर्ष हाल सम्म ७ हजार ५ सय ५९ हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ ।   कतिपए ठाउँमा मकैनै बारीमा छन् । त्यसैले रोपाइ हुन पनि सक्छ नहुन पनि सक्छ हालसम्म ८५ प्रतिशतमा रोपाई भएको छ, फूयाँलले भनिन् ।