सभापति ‘कान्छाराम’ले भनेः ‘मेरो बर्खास्तीको माग गरेर पार्टीको बद्नाम भयो, छलफलको लागि ढोका खुल्ला छ’ (पत्रसहित)

१७ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले आफ्नो बर्खास्तीको उजुरी गरेर पार्टी बद्नाम गराउने काम भएको बताएका छन् । काँग्रेसको संगठलाई मजबुद बनाउनको लागि आफूले स्रोत साधन र समयलाई परिचालन गरी सबै मिलेर अगाडी बढीरहेको बेलामा पार्टीको सभापति पदबाट बर्खास्त गर्नु पार्टीलाई बद्नाम गराउने काम भएको उनको भनाई छ ।
गत सोमबार एक विज्ञप्ति जारी गर्दै उनले ‘पार्टीका केहि जिम्मेवार साथीहरुले पार्टीको बिधान बिपरित केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराउनु भएको कुरा थाहा पाउँदा अत्यन्तै दुःख लागेको छ । सबैसँगको सहमति र सहकार्यबाट संगठलाई चलायमान बनाउँदै अगाडी बढीरहेको बेला पार्टीको फोरममा गर्नुपर्ने छलफल र संबादको प्रक्रियालाई समेत लत्याएर कपोलकल्पीत, मनगढन्ते र भ्रामक लान्छानाहरु लगाएर पार्टी साभपति र जिल्ला कार्यसमितिलाई समेत बदनाम गराउने कार्यले पार्टीका सच्चा, इमान्दार र सक्रिय सदस्यहरुको भावना माथि चोट पुयाउने कार्य भएको छ जारी विज्ञप्तिमा भनिएको छ ।’
सभपाति तामाङ्ले त्यस्ता अबैधानिक र अवांछनिय गतिविधि त्यागेर पार्टी हितमा लागि पर्ने समेत अनुरोध गरेका छन् । साथै कुनै समस्याहरु भएमा वार्ता र संवादको ढोका सँधै खुल्ला रहेको बताएका छन् । केही दिन अगाडि सभापति तामाङ्को बर्खास्तीको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा ३५ जना जिल्ला कार्यसमितिका पदाधिकारीहरुले पत्र बुझाएका छन् । सो कुरा अबैधानिक भएको सभापति तामाङ्को जिकिर छ ।
पार्टी आन्तरिक विवाद्मा मुछिएपछि खाँडादेवीमा पालिका सभापतिसहित चार दर्जन बढीले पार्टी परित्याग गरेका थिए । उनले स्थानीय तह निर्वाचनको समिक्षा गरि देखिएका कमी कमजोरीहरुको हल गर्दै पार्टीको संगठनलाई थप मजबुद बनाउनु पर्ने अवस्था रहेको, पार्टीका आधिकारीक उम्मेदवारहरुको विरुद्ध उम्दवारी दिने, प्रस्तावक समर्थक बस्ने, पार्टीका उम्मेदवार विरुद्धमा मत दिने र मत माग्ने, सामाजिक सञ्जाल मार्फत पार्टीका नेता कार्यकर्ता साथीहरु र पार्टीको बदनाम गराउने खालका सामग्रीहरु पोष्ट गर्ने व्यक्तिहरुको छाबिन गरी कारर्वाहीको दायरामा ल्याउनु पर्ने समेत उल्लेख गरेका छन् ।
आन्तरिक विवाद्मा चुलिएको कांग्रेस सभापति तामाङले विभिन्न कारणबाट वडा र पालिका तहमा रिक्त रहेका पदहरुमा पार्टीको बिधान र नियमावली बमोजिम पदपूर्ति गर्नु पर्ने, स्थानीय तहको समिक्षा गर्नु पर्ने बताएका छन् । सोही विषयमा डाकिएको बैठक पटक पटक स्थगित हुदै आएको छ ।
त्यस्तै सभापति तामाङ्ले आफू सभपाति भएपछि एक वर्ष नपुग्दै ११ वटा बैठकहरु सम्पन्न भएकोम पार्टीको विधान र नियमावली बमोजिम गठन गर्नु पर्ने विभिन्न विभाग, समिति, र शाखाहरु गठन भएको, जिल्ला कायमितिको कोषाध्यक्ष चयन गरिएको,जिल्ला कार्यसमितिलाई पूर्णता दिइएको, प्रवक्ता नियुक्त गरेर पार्टीका निर्णहरुलाई एकद्वार प्रणालीबाट सार्वजानिक गर्ने कार्यको थालनी गरेको, सचिवालय गठन गरेर कार्यालय सचिव र कमप्यूटर अपरेटरको नियुक्ति गरि कार्यालयको दैनिक कामलाई सहज बनाइएको बताएका छन् ।
त्यस्तै सभापति तामाङ्ले पार्टीका सबैको सक्रिय सहयोग र समर्थनमा कांग्रेस रामेछापको संगठन सुधार हुँदै गएको, गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जिल्लामा ऐतिहासिक सफलता प्राप्त गरेको, जिल्लामा पहिलो पार्टी भएको, जिल्ला विकास समिति हुँदा देखि अहिले सम्मको सम्म गरि २० वर्षपछि जिल्ला समन्वय समितिले पार्टीको नेतृत्वमा पाएको लगाएत उपलब्धि भएको बताएका हुन् ।
पत्र हेर्नुहोस्