कांग्रेस रामेछापले आठवटै स्थानीय तहमा प्रशिक्षण दिनेः यी हुन प्रशिक्षण प्रमुख (नामावाली)

१८ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापले आठवटै स्थानीय तहमा पार्टी प्रशिक्षण संचालन गर्ने भएको छ । जसको लागि ७ सदस्यीय प्रशिक्षण पदाधिकारी समिति समेत गठन गरिएको छ ।
गत मंगलबार पार्टी कार्यालय वीपी स्मृती भवन मन्थलीमा बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो ।
पार्टीको एक समूह असन्तुष्ट बनिरहेका बेला बसेको बैठकले पार्टी उपसभापति एवं प्रशिक्षण शाखा प्रमुख लेखबहादुर कार्कीले प्रमुख रहने गरि ७ सदस्य समिति गठन गरेको पार्टी प्रवक्ता नारायण बोगटीले जानकारी दिए । प्रशिक्षण कुन पालिकामा कहिले गर्ने भन्ने मिति भने तोकिएको छैन् ।
प्रवक्ता बोगटीका अनुसार प्रशिक्षण प्रमुखमा उपसभापति कार्की रामेछाप नगरपालिका, उपप्रमुख लालबहादुर मगर दोरम्बा शैलुङ् गाउँपालिका रहने गरि ७ सदस्यीय पदाधिकारी गठन गरेको हो ।
जसको सचिवमा लिखु तामाकोशी गाउँपालिकाका निर्वाचित पालिका अध्यक्ष समेत रहेका केशव महत लिखुतामाकोशी गाउँपालिका तोकिएका छन् ।
त्यस्तै जिनव कार्की लिखुतामाकोशी गाउँपालिका, हरिराम गिरी मन्थली नगरपालिका, शान्ति मोक्तान सुनापति र तोरण बहादुर सुनुवार उमाकुण्ड गाउँपालिका सदस्य बनेका छन् ।