चट्याङमा परि ज्यान गुमाएका बिजुलीकोटका गाहा मगरको परिवारलाई राहात प्रदान

| साउन १९, २०७९ बिहिबार

A A A
A A A

१९ साउन, रामेछाप । गत साउन १ गते बुधबार अबिरल बर्षासंगै परेको चट्याङ् गालेर  ज्यान गुमाएकाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहात रकम उपलब्ध गरेको छ । 

 

आज बिहिबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक कुमार पहाडी, लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ, सशस्त्र प्रहरी प्रमुख केशव प्याकुरेललगाएतको उपस्थितिमा मृतकका परिवारलाई नगद दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको स्थानीय विष्णु विश्वकर्माले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

गत बुधबार परेको चट्याङ लागेर पालिकाको वडा नं ४ बिजुलीकोट्को कल्लेरी भन्ने ठाउँका दीलबहादुर गाहा मगरको ज्यान गएको थियो ।

 

उनको निधनपछि शोकमा डुबेको गाहा मगरको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका (प्रजिअ) पहाडीसहितको टोलीले रकम हस्तान्तरण गरेको छ  ।