उमाकुण्ड गाउँपालिका ४ प्रितीबाट नागरिकता लिसकेकी महिलाको पुःन नागरिकता लिन वडालनै सिफारिस गरेर प्रशासन पठायो

| साउन १९, २०७९ बिहिबार

A A A
A A A

१९ साउन, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रितीका वडा अध्यक्ष मानबहादुर सुनुवारले नागरिकताको प्रमाणपत्र लिसकेका व्यक्तिको पुःन सिफारिस गरेको पाइएको छ । वडाको सिफारिस लिएर सदरमुकाम मन्थली प्रशासनमा पुगेपछि घटना बाहिरिएको हो । 


केही दिन अगाडि गत २०७५ सालमा नागरिकताको प्रमाणपत्र लिसकेकी निर्माला बस्नेतको पुःन नाम परिवर्तन (सन्ध्या) बस्नेत राखेर बहिनीको विद्यालयको ‘सटिपिकेट्’ को आधारमा नागरिकताको लागि सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय रामेछापमा आइपुगेकेको प्रशासनका प्रशासकीय अधिकृत लिलाधर अवस्थिले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘पहिलै नागरिकता लिसकेको देखिन्छ । सिफारिस लिएर आएपछि सङ्का लागेर सोधपुछ गर्दा पुष्टि भयो । हामीले जिल्ला प्रहरी कार्यालयलाई भनेका छौं । अनुसन्धानको क्रममा छ । सिफारिस भएको आएको हो । हामीले सम्बन्धित अध्यक्षलाई पनि सोधेका छौं ।’ 

 

उनका अनुसार शंका लागेर सोध पुच्छ गर्दा ती महिलाले बहिनीको डकुमेन्ट्मा रहेको नाममा प्वाल पारेर मोटरसाइकल दुर्घनामा प्वाल परेको जवाफ दिएकी थिइन् । पछि फेरी उनले कुरा फेरेकि थिइन् । सोही कुराले उनीमाथि थप निगरानी बढाएको थियो । बस्नेतले बहिनीको डकुमेन्टको आधारमा नागरिकता लिन खोजेको देखिन्छ । 


यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले पनि सो विषयमा प्रशासनबाट पत्र आएको पुष्टि गरे । उनले घटनाको बारेमा अनुसन्धान थालेको रामेछाप टाइम्सलाइ बताए । नगरिकताको सिफारिस पत्रमा पहिलेनै नागरिकता लिसकेका व्यक्तिको नाममा फेरी सिफारिस भएर आएको र अनुसन्धानको क्रममा छौं । हामी बुज्दै छौं, (डिएसपी) थिङ्ले रामेछाप टाइम्सलाई बताए । 

 

स्रोतका अनुसार अध्यक्ष सुनुवार सहित सम्बन्धित मानिसहरु बिरुद्ध प्रहरीले भने पक्राउ पूर्जी जारी गर्ने तयारी गरिएको छ । यसै बिषयमा बुझ्दा (डिएसपी) थिङ्ले ‘हामी अनुसन्धामै छौं । पक्राउ पूर्जी जिल्ला अदालतले जारी गर्न हो भने ।’

 

यसैबीच वडा अध्यक्ष रामबहादुर सुनुवारले भने ‘आफूमाथि षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । म, मिटिङमा जाने हतारमा थिए । सचिवले तयार पारेर राखेको सिफारिस पत्रमा सहि गरे । त्यही नजिककै मान्छे हुन्, सधै देखि रहने भेटिरहने । त्यसैले मैले सोधि, खोजी पनि गरिन । तर, म, माथि षड्यन्त्र भयो ।


अध्यक्ष सुनुवार यसमा सचिवको पनि दोष नरहेको भन्दै बचाउ गर्छन् । ‘५ जनाको मुच्ल्का, आवश्यक सबै प्रक्रिया पुर्याएर वडामा आएको हुनेले यसमा सचिवको पनि दोष छैन् उनले भने ।’
यसरी के स्वास्वार्थको लागि गरिएको हो । यो पुष्टि हुन सकेको छैन् । मेरो उनीसंग कुरापनि भएको छैन् । तर, मलाई फसाईयो, यसमा म, निर्दोष छु । प्रहरीलाई मैले आफै कुरा गरेको छु सोधपुछको लागि बोलाउछु भनेका छन् अध्यक्ष सुनुवारले भने ।