नागरिकता लिसकेकि किशोरीलाई फेरी सिफारिस गर्ने अध्यक्ष भन्छन् ‘सचिव र ममाथि षड्यन्त्र भयो, मैले नपढी सही गरे’

| साउन २०, २०७९ शुक्रबार

A A A
A A A

२० साउन, रामेछाप । पहिलेनै नागरिकताको प्रमाण पत्र लिसकेकी किशोरीलाई नागरिकताको सिफारिस गर्ने वडा अध्यक्षले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका छन् । वडा अध्यक्ष रामबहादुर सुनुवारले भने ‘ममाथि षड्यन्त्र भयो । म, मिटिङमा जाने हतारमा थिए । सचिवले तयार पारेर राखेको सिफारिस पत्रमा नपढी सहि गरे । त्यही नजिकैका मान्छे हुन्, सधै देखि रहने भेटिरहने । त्यसैले मैले सोधि–खोजी पनि गरिन । तर, म, माथि षड्यन्त्र भएछ । अन्जानमा गल्ती गरे ।’


उनले आवश्यक अनुसन्धानको लागि आफ्नो सहयोग हुने बताए । ती किशोरीले किन त्यस्तो षड्यन्त्र गरेको भन्ने बारे आफूले नबुजेको उनको प्रतिक्रिया छ । अध्यक्ष सुनुवार यसमा सचिवको पनि दोष नरहेको दाबी गर्छन् । ‘५ जनाको मुच्ल्का, आवश्यक सबै प्रक्रिया पुर्याएर वडामा आएको हुनेले सचिवले फारम भरेको देखिन्छ,  उहाँको दोष छैन्, उनले भने ।’ उनले यसमा आफ्नो र सचिवको दोष नरेको दाबी गरे । 


जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रितीकी एक जना किशोरीले २०७५ सालमै  नागरिकता बनाइ सकेकि थिइन् । तर, फेरी उनले केही दिन अगाडि वडाबाटै उनकि बहिनीको स्कूलको डकुमेन्ट्को आधारमा नागरिकता बनाउनलाई वडा मुच्ल्का सहित वडामा पुगेर सचिवलाई कागजात तयार पार्न दिएपछि सचिवले नागरिकताको लागि आवश्यक कागजात तयार पारिदिएका थिए । 

सचिवले तयार परेर राखेको फाइलमा वडा अध्यक्ष रामबहादुर सुनुवारले पढ्दै नपढी हस्ताक्षर गरेर ती किशोरीलाई दिएको अध्यक्ष सुनुवारले रामेछाप टाइम्सलाई बताए । त्यसरी दिएपछि ति किशोरी फाइल लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थली पुगिन् । 


सिफारिस पत्र र बहिनीको डकुमेन्ट् सहित प्रशासन कार्यालय पुगेकि निर्माला बस्नेतमाथि प्रशासनका कार्मचारीले शंका  लागेर उनीमाथि सोध पुच्छ बढाए । यसरी सोध पुच्छ गर्दै जाँदा उनको डकुमेन्ट प्वाल परेको र नाम भएको ठाउँमा केरमेट् गरेको भेटियो । 

 

के गरी प्वाल परेको भनेर सोद्धा पहिले मोटरसाइकल दुर्घनामा परेर प्वाल परेको जवाफ दिएकी थिइन् । पछि फेरी उनले कुरा फेरिन् र बहाना बाजी गर्न लागिन् । सोही कुराले उनीमाथि थप आशंका पैदा बढायो । 


प्रशासनले उनीमाथि निगरानी बढायो । फलतः उनले नागरिकता पहिले लिसकेको पुष्टि भयो । के कारणले उनले दोस्रो नागरिकता लिन खोजेकि हुन्, सो कुरा खुल्न सकेको छैन् । 


प्रशासनले वडा अध्यक्ष सुनुवार, सोही वडाका सचिवसहित संलगनहरुलाई आवश्यक अनुसन्धानको गर्न भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ । प्रहरीलाई पत्र प्राप्त भएको र आवश्यक अनुसन्धान सुरु गरिरहेको (जिप्रका) प्रमुख (डिएसपी) राजकुमार थिङ्ले बताए ।