शिक्षकले छात्रामाथि हातपात सहित यौन दुर्व्यवहार गरेपछि मन्थली मा.विमा विद्यर्थीहरुको तोड्फोड् र प्रर्दशन (भिडिओसहित)

| साउन २०, २०७९ शुक्रबार

A A A
A A A

२० साउन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीको मन्थली माद्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार सहित हातपात गरेका छन् । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेपछि विद्यार्थीहरुले विद्यालयमा आज नाराबाजी गर्दै तोड्फड् समेत गरेका छन् । शिक्षक भने फराए भएको एक विद्यार्थीले रामेछाप टाइम्सलाई बताए । 

 

शिक्षकले मन्थली माविको प्राविधिकतर्फ अध्ययनरत छात्रामाथि दुर्व्यवहार तथा हातपात गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।एक छात्राले ‘होमवर्क’ बुझाउने बेलामा शिक्षकले गलत नियतले बारमबार गोप्य अंगहरुमा छुनखोज्दा ती छात्राले ईकार गरेपछि घटना बाहिरिएको हो । ‘ती छात्राले त्यती बेलै आपत्ती जनाएपछि खैला– बैला भएको थियो एक छात्रले भने ।’

 


बिहिबार हिजो उक्त घटना भएपछि शुक्रबार आज विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् । नमूनाको लागि अग्रसर मन्थली नगरपालिका वडा नं १ मा रहेको मन्थली माविको (सिटिभिटी) मा पढ्ने छात्रामाथि ती शिक्षकले गतल नियतले पटक–पटक छुने गरेको छात्राहरुले रामेछाप टाइम्सलाई बताए ।

यसअगाडि पनि ती शिक्षकले तीनै छात्राहरुमा यौन दुर्व्यवार गरेको भन्दै रामेछाप टाइम्सलाई गुनासो गर्न आएका थिए । त्यती बेला पीडित छात्राका अभिभावक र शिक्षकसहित विद्यालय प्रशासनले त्यस्ता एक पटकलाई सुधार गर्ने अवसर दिने बताउदै घटना साम्य भएको थियो ।

 

बिहिबार पुःन शिक्षकले छात्रामाथि दुर्व्यवाहार गरेपछि घटना दोहोरिएको हो । त्यसपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । उनीहरुले मन्थली मा.वि प्रशासन भवन अगाडि विरोध प्रर्दशन गरेका हुन् ।

 

त्यस्तै विद्यालयमा संक्रिय नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु लगाएतका विद्यार्थी संगठनहरुले पनि घटना प्रति आक्रोश व्यक्त गर्दै सत्य तथ्य छानविन गर्न माग गरेका छन् । साथै घटना प्रति घोर भ्रत्सना गरेका छन् । दोषी शिक्षकमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् ।