रामेछापमा ५ मतदान केन्द्र थप, ५ वटाको ठाउँ फेरबदल, ८ वटा मतदान केन्द्रको नाम परिवर्तन

| साउन २१, २०७९ शनिबार

फाईल तस्विर ।
A A A
A A A

२१ साउन, रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदान स्थल थप–घट गरेको छ । जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कूल ९१ वटा मतदान स्थल रहेका थिए । 

 

आउदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि भने जिल्लामा मतदान स्थल हेरफेर तथा थप–घट गरेर कूल ९७ वटा पुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई बताए । ‘पाएक नपरेका र मतदाता थोरै भएका केही मतदान स्थलहरुलाई फेरबदल र थप–घट गरेर माथि सिफारिस गरेका छौं शाहले रामेछाप टाइम्ससंग भने ।’

 

जिल्ला निर्वाचन कार्यालयले शुक्रबारदेखि लागू हुने गरी मतदाता नामावली संकलनको काम भने स्थगित गरि सकेको छ । 

 


प्रमुख शाहका अनुसार आंशिक पाँच वटा मतदान स्थललाई फुटाएर पाएक पर्ने नयाँ ठाउँमा कामय गरिएको हो । जसअनुसार खाँडादेवी गाउँपालिका वडा  नं ९ पिङखुरीको नवदुर्गा आधारभुत मा.विमा थपेको छ । 

 


त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिकाको वडा नं ४ को खारपानीमा काम रहेको मतदान केन्द्र अपुग भएको भन्दै दार्जा आधारभुत विद्यालयमा थेपिएको छ । 

 

त्यस्तै रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीको वडा कार्यालय भवनमा कायम रहेको मतदान केन्द्र अपाएको परेको भन्दै वडाबाट पूर्ण रुपमा हटाएर महेन्द्र ज्योती आधारभुत विद्यालय र जनकल्या मा.विमा च्यास्कुमा थप कायम गरिएको प्रमुख शाहले जानकारी दिए । 

 

आठ वटै स्थानीय तहका नगरिकहरुको मतदान गर्ने अधिकारको सुनिश्चित गर्ने उद्देश्यले कायम रहेका मतदान केन्द्र हरुलाई व्यवस्थित, सुरक्षित र सहज बनाउ लागेको आयोगले लिखु तामाकोशी गाउँपालिका वडा नं ३ नाग्दहको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई फुटाएर झटेस्वा मा.विमा नाग्दहमा कायम गरिएको प्रमुख शाहले बताउछन् ।

 


साथै जिल्लाका आठ वटा स्थानीय तहका विभिन्न मतदान केन्द्रको गरी ८ वटा मतादान स्थलको नाम पनि परिवार्तन गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा गर्ने तयारीमा जुटेको आयोग बताउछ । 

 

गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा जिल्लामा कूल एक लाख ७८ हजार ८ सय  ६७ जना कूल मतदाता रहेकोमा एक लाख १७ हजार २ सय ४२ जनाले मतदान गरेका थिए । यो संख्यामा आउदो निर्वाचनमा थपिन सक्ने आयोगको भनाई छ ।