छात्रालाई यौन दुर्व्यवहार गरि फरार शिक्षकले पठाए रातरात विद्यालयलाई राजीनामः प्रशासनद्वरा प्रहरीमा उजुरी दर्ता, ‘लोकेशन’ ट्रय्पसंगै खोजी

| साउन २१, २०७९ शनिबार

A A A
A A A

२१ साउन, रामेछाप । आफैले पढाउने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरि फरार रहेका शिक्षकले राता-रात राजिनामा पत्र पठाएका छन् । 

 

बिहिबार मन्थली माद्यामिक विद्यालयको प्राविधिकतर्फ (सिटिभिटी) मा अध्ययनरत छात्रामाथि गलत नियतले शरिरका गोप्य अंगमा पटक–पटक छुने कैलालीको घोडाघोडी गाउँपालिका घर भएका अन्दाजी २५ वर्षीय शिक्षक लोकबहादुर विष्टले शुक्रबार रातिनै मन्थली मा.वि प्रशासनलाई राजिनामा पत्र पठाएको प्रधानाध्याकप टंकप्रसाद दहालले रामेछाप टाइम्सलाई बताए । ‘राजिनमा पत्र शुक्रबारनै मेलमा पठाइसेकको रहेछ । आज समितिको बैठक बसेर राजीनामा स्वीकृत गर्ने र बिष्टले पठनपाठन गराउदै आएको उच्च माद्यामिक तहको अनुदानन् कोटाको विज्ञान विषय पद रिक्त गरी विज्ञापन खुलाउने निर्णय गरेको छ, दाहालले भने ।’ 

 

ईमेल मार्फत राजीनामा बुझाएर विद्यालबाट पन्छिन खोजेका शिक्षक बिष्ट भने काठमाडौंमा रहेको प्रहरीले दाबी गरेको छ । विद्यार्थीहरु अन्दोलित भएलगतै फरार भएका बिष्टको शनिबार जिल्ला प्रहरी रामेछाप (जिप्रका) ले गरेको मोबाइल ट्रयापिङ् मार्फत खोजी गर्दा काठमाडौंमा अन्तिम पटक लोकेसन देखिएको छ । 

भिडिओ हेर्नुहोस् आन्दोलनको 

शिक्षक फरार भएपछि मन्थली मा.वि प्रशासनले विद्यार्थीहरुले फरार शिक्षकलाई कुनै पनि हालतमा खोजी गरि छलफलमा ल्याउन सहयोग गर्नु पर्ने माग राखेपछि (जिप्रका) रामेछापमा उजुरी दर्ता गरेको छ । प्रहरीले तिब्र गतीमा खोजी कार्य सुरु गरि रहेको जनाएको हो । 

 

बिष्ट करिब ४ महिना अगाडिदेखि मा.विमा पढाउन आएका थिए । यो बीचमा उनले (सिटिभिटी) तर्फका एक दर्जनबढि छात्राहरुलाई गलत नियतले छुने, यौन क्रियाकलाप जन्य विषयमा बढि ‘फोकस’ गर्ने गरेको विद्यालयका छात्राहरुको भनाई छ । बिहिबार भने ‘होमवर्क’ बुझाउने बेलामा एक छात्राले शिक्षकको गतल ‘ट्च’ बिरुद्ध आवज उठाएपछि घटना सतहमा आएको थियो । 

 

सो घटनाको विरोध जनाउदै विद्यार्थीहरुले बिरोध पर्दशन गर्दै शिक्षक बिष्टमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् । कुनै पनि हालतमा फरार शिक्षक पक्राउ पर्नु पर्ने र घटनाको विषयमा छलफल गरि निष्कर्शमा पुग्नु पर्ने माग राखेका छन् । विद्यालयलाई उक्त शिक्षकलाई छलफलमा ल्याउनु पर्ने मागसहित अडान राखेका छन् ।