राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाले विद्यार्थीहरुको मनोबल बढाउने काम गर्छ- प्रमुख दाहाल

| साउन २१, २०७९ शनिबार

A A A
A A A

२१ साउन, रामेछाप । राष्ट्रिय वाणिज्य बैंक (राब) मन्थली शाखाका प्रमुख मुकेश दाहालले माद्यामिक शिक्षा परीक्षा (एसईई) मा उतिर्ण विद्यार्थिहरुको मनोबल बढाउन भूमिका खेल्ने बताएका छन् । एसइई २०७८ मा मन्थली माद्यामिक विद्यालयबाट उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना सम्मान कार्यक्रमको आयोजना गरि सो कार्यक्रममा बोल्दै शाखा प्रमुख दाहालले यस्तो बताएका हुन् ।  ‘हामिले गरेको यो कार्यक्रमले विद्यार्थिहरुबीच असल सन्देश प्रबाह होस भन्नका लागि गरेका हौं । हामी सधै भूमिका खेल्छौें । (राब) तपाईहरुको साथमा छ भने ।’ 

 

बैकले आर्थिक कारोबार बाहेक शैक्षिक क्षेत्रमा पनि धेर-थोर काम गर्दा सकरात्मक सन्देश प्रबाह होस भन्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । यसरी विद्यार्थीहरुलाई (एसईई) मा उतिर्ण भएपछि कार्यक्रम आयोजान गरि बधाई दिएको ईतिहासमै पहिलो पटक भएको उनको दाबी छ । 

आर्थिक अभियानमा मात्र केन्द्रि हुने राष्ट्रिय बाणिज्य बैंक  मन्थली शाखाले यस पटक वित्तिय साक्षरता कक्षाका नाममा छुटै कार्यक्रमको आयोजना गरेको हो । उसले एक औपचारीक कार्यक्रम गरि मन्थली विद्लयबाट विद्यालयबाट एसइईमा उर्तिण विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

 

कार्यक्रममा बोल्दै  मन्थली मा.विका प्रधानाध्यापक (प्रअ) टंकप्रसाद दाहालले बैकले शैक्षिक क्षेत्रमा गरेको उक्त कार्यक्रमको प्रशंसा गर्दै सकारात्मक सन्देश दिएको बताए । उनले यस्ता कार्यक्रमले अन्य विद्यालय सम्म पुर्याउन पनि आग्रह गरे ।