नागरिकताको ‘डबल सिफारिस’ गर्ने प्रितीका वडा सचिव प्रहरीको नियन्त्रणमा

| साउन २५, २०७९ बुधबार

फाईल तस्विर ।
A A A
A A A

२५ साउन, रामेछाप । नागरिकता लिई सकेकी किशोरीलाई पुःन नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गर्ने प्रितीका वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


आज बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले वडा सचिव पदम कुमारी बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमम (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अनुसन्धान भैरहेको छ, डिएसपी थिङ्ले भने ।’

 

जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रितीकी एक जना किशोरीले २०७५ सालमै नागरिकता बनाइ सकेकि थिइन् । तर, उनलाई एक हप्ता अगाडि पुःन नागरिकता बनाउनको लागि सिफारिस बनाएर जिल्ला प्रसासन कार्यालय रामेछाप आएकी थिइन् । 


बहिनीको स्कूलको डकुमेन्ट्को आधारमा सिपारिस बनाएर उनी जिल्ला प्रशासन आइपुगेकी थिइन् ।

 

 प्रशासन कार्यालय पुगेकि निर्माला बस्नेतमाथि प्रशासनका कार्मचारीले शंका लागेर उनीमाथि सोध पुच्छ बढाए । यसरी सोध पुच्छ गर्दै जाँदा उनको डकुमेन्ट प्वाल परेको र नाम भएको ठाउँमा केरमेट् गरेको भेटिएको थियो