तामाकोशी नदीमा युवक बेपत्ता घटना प्रकरणः कम्पनीले ज्ञान र अनुभव नभएको कामदारलाई जबरजस्ती गरेको भन्दै पीडित पक्ष आक्रोशित,आन्दोल गर्ने

| साउन २६, २०७९ बिहिबार

A A A
A A A

 २६ साउन, रामेछाप । कामदार बेपत्ता भएको ४ दिन सम्म पनि खोजीको लागि चासो नदेखाएको भन्दै कामदारहरुले आक्रोश ब्यक्त  गरेका छन् । उनीहरुले बेपत्ता कमदारको तत्काल विज्ञ टोलीसहित खोजी गर्न मागेका छन् । 


दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित दुगड ग्रुप कम्पनीको स्वामित्वमा निर्माणाधीन जलविद्युत परियोजनामा कार्यरत रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल साविकको वडा नं ५ बाल्दिङ्मा कार्यरत अन्दाजी २६ वर्षीय युवक बोटिङ् गर्ने क्रममा बेपत्ता भएका थिए । 


कर्मचारी बेपत्ता भएको घटनामा कम्पनीले आलटाल गरेपछि कामदारहरुले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै ‘बेपत्ताको तत्काल विज्ञसहितको टोलीले खोजी गर्न माग गरेका छन् । बेपत्ता बस्नेत दुगर्ड हाइड्रोमा बेलोर गाडी चालकको रुपमा कम्पनीले नियुक्ति गरेर काम गर्दै आएका थिए । तर वेपत्ता व्यक्तिलाई आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको ज्ञान र अनुभव नभएको विषय सम्बन्धी कार्य गर्न ‘मजबुर’ पारी घटनाको दिन अपर तामाकोशी जलविद्युतको ड्यामहुदै मोटरबोटमा राखी कार्यक्षेत्र बाहिरको कार्य गर्न खटाइएको र मोटरबोटको चालकको अनुभवको कमीले आकास्मीक उद्दार गर्न पीडितले बोलाउदा समेत ढिलासुस्ती गरि समयमा आवश्यक उद्दार नगरी लापारबाही गरेको देखिएको’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


कम्पनीले उक्त बोटमा आवतजावत गर्दा सामान्य पालना गर्नुपर्ने आधारभुत सुरक्षाको ‘कवच लाइफ ज्याकेट’ समेत नलगाई सवार गराएको पाइनुले कम्पनीले कर्मचारीको जिवनलाई सामान्य रुपमा लिएको, घटना घटे पश्चात कम्पनी तथा सुरक्षा निकाय र अन्य सकोकारवालाहरुले घटनालाई गम्भीरतापूर्वक लिएर खोजिकार्यको लागि विषेश पहल नगरेको,  घटना घटेको चौथो दिनसम्म पनि घटनास्थलको निरिक्षण मात्र गरेर ढिलासुस्ती र लापरवाहि गरी चुपचाप बसेको हुँदा मिलेमतोमा घटनालाई दबाउन खोजिएको समेत विज्ञप्तिमा भनिएको छ । 


पीडित पक्षले हस्ताक्षर गरेको पत्रमा घटना घरेको चौथो दिन भइसक्दा पनि कम्पनी तथा सुरक्षा निकाय र सरोकारवाला पक्षहरुले घटनाको छानबिन र खोजिकार्यमा यथासिग्र चासो नदिएको हुनाले हराएको व्यक्तिको यथाशिघ्र गोताखोर विज्ञ टोली झिकाई खोजतलास गर्न र घटनाको बखत भएका कमी कम्जोरी र सवार सबै नौं जना सँगै घटनाको सम्बन्धमा पीडित पक्षलाई सत्य,तथ्य अनुसन्धान तथा छानबिन गर्न गरी सार्वजनिक गर्न पीडित पक्षलाई तपसिलमा राखिएको प्रश्नका वास्तविक चित्तबुझ्दो जवाफ दिन २४ घण्टाको समय दिने भनिएको छ । 
त्यस्तै घटनाको उक्त माग पूरा नभए पिडित पक्षले कम्पनीको विरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने र सो कदमबाट जे जस्तो परिणाम आएतापनि कम्पनी स्वयम जिम्मेवारी हुनु पर्ने भनिएको छ । 
 

विज्ञप्ती हेर्नुहोस्