दोरम्बा शैलुङ् गाउँपालिकाले वडा सचिवहरुलाई भन्यो–‘भत्ता दिदाँ व्यक्तिगत विवरण प्रशासनमा जाँच गरेर मात्रै दिनू’

| साउन २६, २०७९ बिहिबार

A A A
A A A

२६ साउन, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा नागरिकता लिई सकेकी किशोरीलाई पुःन नागरिकता लिनको लागि वडाबाट सिफारिस गरेको ठहर भएपछि वडा सचिवसहित घटनामा संलग किशोरी, किशोरीकि आमा पक्राउ परेको चर्चा चलिरहेको बेला दोरम्बा शैलुङ् गाउँपालिकाले त्यस्ता घटना आफ्नो पालिकामा हुन नदिन सचेत गराएको छ । ‘छिट्फूट् रुपमा केही घटना भैरहेको सूचना प्राप्त भैरहेको भन्दै सचेत हुने पालिकाको आग्रह छ । 

 


गाउँपालिकाले बिहिबार आज एक सूचना जारी गर्दै ‘सामाजिक सुरक्ष भत्ता लिने वा अन्य प्रयोजनको लागि नाम, उमेर फेरेर, पहिलेनै नागरिकता लिएको भएपनि, नलिएको भनी सिफारिस लिने प्रवृत्ति यदाकदा रहेकाले त्यस्तो गतिविधि पूर्ण रुपमा रोक्न अनुरोध गरिन्छ’ पालिकाले पत्रमार्फत सबै वडा सचिवहरुलाई भनेको छ । 

 

गाउँपालिकाले वडा सचिवहरुलाई सामाजिक सुरक्षा भत्ता दिदाँ व्यक्तिगत विवरण जिल्ला प्रशासनमा पुःन जाँच गरेर मात्रै दिन निर्देशन गरेको हो । 

 

पालिकाले त्यस्ता किसिमको काम कानुनत् दण्डनीय हुने हुँदा नागरीकताको सिफारिस गर्दा सजगता अपनाउन समेत पालिका भित्रका सबै वडा सचिवहरुलाई सजग समेत गरेको छ ।

 

जिल्लाका आठ स्थानीय तहमै संघीयतापछि पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतको रुपमा भर्खरै आएकी महिला प्रमुख प्रशासकिय अधिकृत असलीमायाँ तामाङ्ले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा गाउँपालिका अन्तर्गत बसोबास गर्ने कतिपय व्यक्तिहरुले नागरिकताको प्रमाण पत्रमा उल्लेखित उमेर लगायतका विवरण आफैले सच्याई सामाजिक सुरक्षा भत्ता लिइरहेको समेत उल्लेख गरिएको छ । 


यसरी नागरीकताको उमेर सच्याएको आशंका लागेमा जिल्ला प्रशासन कार्यालय, रामेछापमा समन्वय गरी एकिन भए पश्चात मात्र सामाजिक सुरक्षा भत्तामा इन्ट्री गर्न समेत सचेत गराइएको छ ।   

सुचना हेर्नुहोस्