जयप्रकाश श्रेष्ठले गरे रेड्क्रश रामेछापको सभापतिमा उम्मेद्वारी घोषणा

| साउन २६, २०७९ बिहिबार

A A A
A A A

२६ साउन, रामेछाप । नेपाल रेड्क्रस सोशाइटी जिल्ला शाखा रामेछापको सभापतिमा जयप्रकाश श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो शुक्रबार र शनिबार सदरमुकाम मन्थलीमा हुन लागेको शाखाको ११ औं जिल्ला अधिवेशन एवं जिल्ला सभामा हाल मन्त्री रहेका श्रेष्ठले सभापति पदको लागि उम्मेद्वरी घोषणा गरेका हुन् ।

 

आज बिहिबार पत्रकार भेट्घाट गर्दै श्रेष्ठले आफूले ११ वर्ष मन्त्री पदमा बसेर रेड्क्रसमा काम गर्दै आएको उल्लेख गर्दै यो पटक सभापतिमा उम्मेद्वरी दिएको घोषणा गरे । ‘११ वर्ष मन्त्री, तदर्थ समितिको संयोजक लगाएतका पदमा बसेर काम गरे यो पटक सभापतिको लागि उम्मेद्वार घोषणा गर्दछु श्रेष्ठले भने ।’

 


हाल सम्म उनको एकल उम्मेद्वारी घोषणा भएको रेड्क्रश जिल्ला शाखामा कुल एक सय ७ जना सभासद्ले मतदान गर्ने छन् ।

 

सभापतिको उम्मेद्वार घोषणा गरेका श्रेष्ठले आफूले तत्कालिन अवस्थामा स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको बताएका छन् । ‘अहिले सम्म कुनै पनि पार्टीसंग आबद्ध रहेर मेरो उम्मेद्वरी हैन । तर, अब सबैसंग छलफल गरेर अगाडि बड्छु । छलफलको लागि तयार छु ।’