फोनिजको स्थापना दिवसः पत्रकार भट्ट र श्रेष्ठ नगदसहित सम्मानित

| साउन २७, २०७९ शुक्रबार

नवराज श्रेष्ठ र टीका प्रसाद भट्ट, तस्विर मिलन घिमिरे/ रामेछाप टाइम्स ।
A A A
A A A

२७ साउन, रामेछाप । आदिवासी जनजाति पत्रकार संघ (फोनिज) रामेछापले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा जिल्लामा सक्रिय दुई जना पत्रकारलाई सम्मान गरेको छ । 


शुक्रबार जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली नगरपालिकाको सभाहलमा नगरपालिकासंगको समन्वयमा भएको कार्यक्रममा पत्रकार टीकाप्रसाद भट्ट र नवराज श्रेष्ठलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । करिब ३० वर्षदेखि जिल्लामा पत्रकारीता गर्दै आएका भट्ट कान्तिपुर दैनिकमा कार्यरत रहेका छन् । उनलाई फोनिज रामेछापले आदिवासी जनजातीहरुको क्षेत्रमा खोज पत्रकारीताबाट योगदान गरेको भन्दै नगद पाँच हजारसहित दौसल्ल ओडाएर सम्मान गरेको हो । 


त्यस्तै (फोनिज) रामेछापका निवर्तमान अध्यक्ष समेत रहेका नवराज श्रेष्ठलाई उत्कृष्ठ आदिवासी जनजाती पत्रकारीता पुरस्कारबाट नगद १० हजारसहित सम्मान गरेको हो । उनी केन्द्रमा ग्यालेक्सि फोकेसहित जिल्लाका रेडियो, अनलाईन लगाएतका मिडियामा आबद्ध छन् । विगत चार वर्षदेखि आदिवासी जनजातीबाट पत्रकारीतामा आबद्ध भई क्रियाशिल रुपमा पत्रकारीता गर्दै आएकालाई (फोनिज) ले सम्मान पुरस्कार प्रदान गर्दै आएको छ।  


गत वर्ष एक आदिवासी जनजातीका पत्रकारलाई मात्रै पुरस्कृत गरेको (फोनिज) ले यो पटक एक पुरस्कार राशी थप्दै दुई जनालाई सम्मान गरेको जिल्ला अध्यक्ष  कुमार श्रेष्ठले बताए । 


सोही कार्यक्रममा पूर्व अध्यक्ष सुमित श्रेष्ठले (फोनिज) रामेछापले हालसम्म गरेका काम, संस्थाको उद्देश्य लगाएत विषय वस्तु समावेश गरिएको कार्यपत्र पस्तुत गरेका थिए ।